जेष्ठ, बेसाहरा नागरिकलाई ९ बर्षदेखि भत्ताको रकम वितरण गर्दै वडाअध्यक्ष कुवर

कञ्चनपुर ०७ असोज ।
कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका छन । भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले विगत ९ बर्षदेखि निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन । यस बर्षपनि वडाध्यक्ष कुँवरले राज्यबाट पाएको रकम जेष्ठ नागरिक, असाहयलाई वितरण गरेका छन । हरेक आर्थिक बर्षको पहिलो चौमासिक दशैँ तिहार अघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले चालु आर्थिक बर्ष ०८२÷०८३ को असोज पहिलो साता सोमबार भत्ता वितरण गरेका छन । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष कुँवरले ०७४देखि ०८२सम्म निरन्तर भत्ता वितरण गरेका हुन ।

‘मैले चुनावका बेला जनतासंग गरेको बाचा अनुरुप राज्यबाट पाउने रकम हरेक बर्ष ७० वर्ष माथिका जेष्ठ नागरिक र अति असक्तलाई दामाशाही हिसाबले रकम वितरण गर्दै आएको छु, ‘वडाध्यक्ष कुँवरले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैया पुरै जेष्ठ, असक्त र असाहय नागरिकलाई दशैँ अघि वितरण गर्दै आएको छुु ।’ आफ्नै भत्ता बाफत रकम वडाध्यक्ष कुँवरले वितरण गरेपछि जेष्ठ नागरिकदेखि असाहय नागरिक खुसी भएका छन । वडाध्यक्ष कुँवरले ९ बर्षमा झण्डै २५ लाख बढी भत्ता बाफत पाएको रकम हरेक बर्ष डेढसयदेखि १ सय ७० वडाबासीले पाउँदै आएका छन ।
स्थानीय लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सेवा सुविधा पनि जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन । दलित महिला लक्ष्मीदेवीले दलितको अधिकारका लागि लड्नेहरुले केही नगरेपनि वडाध्यक्षले दशैँ मनाउन खर्च दिएको भन्दै खुसी व्यक्त गरिने । अर्की महिला लिलादेवी दमाईले वडाध्यक्ष कुँवरले निरन्तर आफ्नो दुखमा साथ दिएको बताईन । जेष्ठ नागरिक हरसिह डगौराले आफ्नो निजी सुुविधाको रकम जेष्ठ नागरिकको खुसीका लागि भन्दै उनको आभार प्रकट गरेका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?