दुर्घटना न्यूनिकरण गर्न भीनपा– १७ गाँउबस्तीका मोडहरुमा ऐना

डिल्लीराज पन्त,
महेन्द्रनगर, असोज ३
कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको छ । भीमदत्त नगरपालिका १७ नम्बर वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ( कन्भेक्स मिरर) ऐना जडान गरेको हो ।
वडाअध्यक्ष पदम बुडाले पैदल, साईकल,मोटरसाईकलदेखि ठुला साना सबै सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको सुरक्षाका लागि विभिन्न चोक भिडभाँड हुने क्षेत्रमा ( कन्भेक्स मिरर) ऐना जडान गरेको बताएका छन ।
उनका अनुसार ८ ऐना जडान गरिएका छन । वडाध्यक्ष बुडाले संविधान दिवसको अवसरमा ऐना जडान गरिएको बताए । ऐना जडानसंगै वडाबासी सहितका यात्रु सुुरक्षित हुने अपेक्षा गरिएकोछ ।
विगत मा समेत वडा अध्यक्ष बुडाले वडाका लागी विभिन्न खाले सृजनात्मक कार्य आएका छन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?