“जनताको अधिकारका लागि लडे, जनआन्दोलनमा गर्भपनि तुहियो, मेरो पुर्खाको सम्पत्तिमा मजदुरी गरेर बनाएकोे घरमा आगो झोसे” ः लेखक

कञ्चनपुर, ३ असोज

देशमा जेनजीको आन्दोलन चर्के सगैं कञ्चनपुरको भीमदत्त नगरपालिका उपमेयर निलम लेखकको घरमा पनि तोडफोड र आगजनि भएको थियो । यहि २४ भदौँ २४ का दिन भीमदत्त नगरपालिका १८ महेन्द्रनगर जानकी टोलमा उपमेयर लेखकको घरमा पनि तोडफोड, आगजनी लुटपाट गरेका थिए । काँग्रेस नेतृ लेखकले आफुनो पुर्खाको सम्पत्तीबाट खरिद गरेको जमिनमा मजदुरी गरेर घर बनाएको बताईन ।

‘यो जमिन र घर मैले उपमेयर भएर बनाएको होईन, यो त मेरो पहाडको जमिन बेचेर जेठाजु धनराज जोशी र मेरा श्रीमान राम प्रशाद जोशी अंशबण्ड गरेको जमिन हो, ‘उनले भनिन, ‘पछि हामी दुवै जना बुढाबुढीले फ्लोरिडा, अमिटी सहितका कलेज अन्य क्षेत्रमा विद्युत वाईरिङ्ग गरेर दुईकोटाकोे घर लगाए, त्यसपछि मेरो श्रीमान ०७४ सालमा नेपाल विद्युत प्राधिकरणमा प्राविधिक रुपमा जागिर लागेपछि घर बनाएका हौँ, कुनै भ्रष्टाचार गरेका पनि होईनौँ ।’

जेनजी आन्दोलनकारीका नाममा व्यक्तिगत राजनीतिक प्रतिशोध साँध्नका लागि मेरो घरमा आउँदै ढुङगा हाल्दै गृहमन्त्री रमेश लेखककी बहिनीको घर भन्दै चौथो पटक भित्र पसेको हुलले घरमा तहसनहस बनाईएको उनले बताईन ।

मैले गत बर्ष ३१ असार ०८१ मा दाजु रमेश लेखक गृहमन्त्री भएका बेला दुबोको माला बनाएर बधाई ज्ञापन गरेको थिए, त्यो माला सहितको फोटो एक जना महिला प्रहरीले खिचेकी रहेछिन, त्यही फोटो पछि उनले मलाई मेरो जन्मदिनमा गिफ्ट बनाएर दियो, संगै दाजुभाउजु र मसहितको फोटो पनि थियो । त्यही फोटो मेरो घरमा थियो, तत्तकालिन गृहमन्त्री कै बहिनीकोे घर हान यसलाई भन्दै फोटोपनि जलाईदिए, गृहमन्त्री रमेश लेखक मात्रै होईन,बिपि कोईराला, काँग्रेस सभापति शेर बहादुर देउवा, स्व। गिरीजाप्रशाद कोईराला सहितका सबै शिर्ष नेताहरुका फोटो थिए, ति पनि जलाईदिए । उनले घरभित्र पसेका आन्दोलनकारीले भएका सबै समान जलाउने, खाद्यान्न, कपडा, भाडाकुडा तोडफोड र आगजनी गरेको बताईन । ‘मैलै नखाईनलाई जोडेको गरगहना समेत लुटपाट समेत गरिदिएका छन, ‘उनले भने, ‘हामीपनि जनताको अधिकारका लागि थुप्रै आन्दोलनमा होमिए तर यस्तो हिन्सा, लुटपाट कहिल्यै देखिन ।’ लामो समयदेखि काँग्रेसी राजनीतिमा होमिएकी लेखक पहिलो पटक ०७९मा उपमेयर राजकीय पदमा पुगेकी थिईन ।

‘म पनि देश र जनताको अधिकारका लागि ०६२÷०६३को दोस्रो जनआन्दोलनमा होमिए, मेरो गर्भ नै तुहियो, प्रहरीले बन्दुकले कुटपिट गरेर गर्भ तुहाईदियो, ‘उनले भनिन, ‘यत्रो संघर्ष गरेर बनाएको घर सरसमान तोडफोड, लुटपाट, आगजनी पुरै प्रतिशोध मात्रै हो ।’

जेनजीले अघि सारेका माग जायज भएको बताउँदै, त्यही जेनजीको आन्दोलनमा आफुसंग व्यक्तिगत, राजनीतिक रिसिईबी राख्ने व्यक्ति समुहले उधुम मच्चाएको उनको दुखेसो छ । आज देश डुबिरहेका बेला हामीले फेरी उठेर जनताको सेवा गर्नुको विकल्प नभएको उपमेयर लेखकले बताईन ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?