लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमा अनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

नरेश राना

कञ्चनपुर, २ असोज

भ्रष्टाचार बिरुद्ध जेनजी पुस्ताले छेडेकोे आन्दोलनले केन्द्रीय सत्ता परिर्वतन भएसंगै जेनजी पालिका सरकारमा केन्द्रीत भएका छन । जेनजी समुहले भ्रष्टाचार रोक्न कञ्चनपुरकोे लालझाडी गाँउपालिका स्थानीय सरकारको ध्यानाकर्षण गराईएको छ । बुधबार जेनजी समुहका युवा विद्यार्थीले लालझाडीमा भ्रष्टाचारले सीमा नाघेको तर भ्रष्टाचार रोक्ने अख्तियारले केही नहेरेको आरोप लगाउँदै रोक्न ज्ञापन पत्र बुझाएको जनाएको छ । हरेक योजनामा कमिसन खाने, आफन्तलाई कोटेशन योजना वितरण गर्ने, विज्ञापन बिनै कर्मचारी राख्ने, बेथिति बढाएपनि अख्तियार सहितका निकायले रोक्न चासो नदिएको भन्दै जेनजी एक्सनमा उत्रिएको जनाएको छ । लालझाडी स्वतन्त्र युवा जेनजी समुहका संयोजक नारायण रानाले गाँउपालिका जनताको विकास निर्माण भन्दा भ्रष्टाचारमा लिप्त भएकाले चालु आर्थिक बर्ष ०८२÷०८२को शुरुवातमै ध्यानाकर्षण गराएको बताए । भ्रष्टाचार, कमिसनतन्त्रकै कारण सिङ्गौ गाँउपालिकामा बदनामितदेखि सबै क्षेत्र अस्थव्यस्थ भएकाले समयमै भ्रष्टाचार रोक्दै जानुपर्नेमा जोडदिएका छन । यतिसम्मकी राष्ट्रिय स्तरको पत्रिकामा सुचना प्रकासित गरे बाफत पनि कमिसन खाने अन्य सबै योजनामा कर्मचारी जनप्रतिनिधी मिलेर कमिसन खाने भएकाले पालिका सम्बृद्धिको साटो दुर्गती तर्फ उन्मुख भएको दुखेसो पोखका छन । पालिकाले विगत तीन वर्षको बजेट तथा खर्चको स्पस्ट, सार्वजनिक हिसाव किताव तत्काल पारदर्शी गर्दै सार्वजनिक गर्नुपर्ने, कुनै पनि जनप्रतिनिधि वा क्रमचारी अनियमिततामा संलग्न भएको प्रमाणित भएमा सम्बन्धित प्रतिनिधि वा मचारीले तुरुन्त राजिनामा दिनुपर्ने, ब्यक्तिगत सम्पती विवरण सूचना प्राप्तिको हक ऐन ०६४ को दफा २७ बमोजिम गाउँ पालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र क्रमचारीहरुले आफ्नो सम्पती विवरण र स्रोत स्पस्ट रुपमा सार्वजनिक गर्नुपर्ने, सरकारी सवारी साधनको चर्म दुरुपयोग भएको हुँदा यसलाई तत्काल रोकथाम गर्नुपर्ने, मनोमानी ढंगले गरेको करार क्रमचारी नियुक्ति खारेज गर्नुपर्ने, कार्य पालिकाको बैठकहरु सार्वजनिक रुपमा लाइभ प्रस्तुत गर्नुपर्ने, सामाजिक संजालमा आएको १० लाख को वजेट प्रमूख प्रशासकिय अधिकृतको मिलोमतोमा निकासा भएको छानबिन गर्नुपर्ने, बाटोमा भएका ठुलाठुला खाडलहरुलाई ग्राभेल हालेर बाटो मर्मत गर्ने माग अघि सारेका छन । १० दिनभित्रै जेनजीले अघि सारेका माग कार्यान्वयन नगरे आन्दोलनको चेतावनी दिएका छन । जेनजीको ज्ञापन पत्र बुझ्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले पालिकामा कमिसन र भ्रष्टाचारजन्य गतिबिधी नभएको दावि गरेका छन । २४भदौँ मंगलबार भएको जेनजी उग्र आन्दोलनमा लालझाडी शान्त रहेपनि अहिले जेनजी समुहका युवा विद्यार्थी भ्रष्टाचार बिरुद्ध देखिएका छन ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?