निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

धन सिह धामी
कञ्चनपुर, २२ भदौँ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन । संघको १५औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन ।
अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी निरञ्जन प्रशाद भट्ट १७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । अवस्थीले १सय ४८ र भट्टले १सय ३२ मत ल्याएका थिए । यस अघि १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई हराएका थिए । अध्यक्षका लागि प्रथम प्रयासमा भट्टसंग अवस्थी ४२मतले पराजित भएका थिए, भने अहिले अवस्थीसंग भट्ट १७मतले पराजित भएका हुन ।
बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । चन्दले १सय ६९ बमले १सय ७मत ल्याएका थिए । यस अघि सदस्य, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै भावि नेतृत्वकै प्रबल दाबेदारकै रुपमा हेरिन थालिएको छ ।
उपाध्यक्षमा भट्ट प्यानलका दीपक भट्टलाई अवस्थी प्यानलका यज्ञराज बैजले १६मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १सय ३२ र बैजले १सय ४८मत ल्याएका छन ।
महासचिवका अवस्थी प्यानलकै देवीदत्त भट्ट निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी योगेन्द्र बहादुर ठगुराठीलाई ५२मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका हुन । भट्टले १सय ६६, ठगुराठीले १सय १४ मत ल्याएका छन ।
सहकोषाध्यक्षमा भट्ट प्यानलका हेम बहादुर महरा निर्वाचित भएका छन । उनले अवस्थी प्यानलका चित्र कार्की र स्वतन्त्र पदमराज भट्टलाई हराउँदै सहकोषाध्यक्षमा निर्वाचित भएका हुन ।
महराले भट्टलाई ५४, कार्कीलाई ७९मतको अन्तरले हराउँदै सहकोषाध्यक्षमा निर्वाचित भएका हुन । महराले १सय ३५, भट्टले ८१ र कार्कीले ५६ मत ल्याएका छन । महरा यस अघि सदस्यमा पराजित भएपछि सिधै अहिले पदाधिकारीमा हानिएका हुन । यस अघि भट्ट प्यानलबाट सचिवमा वृजिकिशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका थिए ।
सदस्य तर्फ पहिलो प्रयासमै नविन चन्द१५८मत ल्याएर निर्वाचित भएका छन । यस्तै दोस्रो प्रयासमा दिपक कार्की९दिपीन० १७०मत ल्याएर निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा गणेश सुवेदी १९०, चन्द्रसिह कार्की १४३, मनिराम रेग्मी १४७, महेश जोशी १७२ र सन्तोष खत्री १५२मत ल्याएर सदस्यमा निर्वाचित भएका छन । संघमा कुल २९८मतदाता रहेका थिए । दोस्रो प्रयासमा संघको अध्यक्षमा निर्वाचित भएका पुष्पराज अवस्थीले अब संघलाई एकढिक्का मिलाएर सबै व्यवसायीहरुको व्यवसायिक हकहितमा अघि बढाउने प्रतिज्ञा गरेका छन । गृहमन्त्री समेत रहेका संघका पुर्व कानुनी सल्लाहकार रमेश लेखकको प्रमुख आथित्यमा अधिवेशन उद्घाटन गरिएको थियो । निर्वाचित पदाधिकारी सदस्यहरुलाई केही समयपछि पदभारदेखि प्रमाण पत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?