निर्माण व्यवसायी संघ कञ्चनपुरकोे नयाँ कार्य समितिका लागि निरन्जन प्रशाद भट्ट प्यानल घोषणा

कञ्चनपुर, ७ भदौँ
निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि आउँदो २०, २१ भदौँ ०८२ मा हुने निर्वाचनका लागि निरन्जन प्रशाद भट्ट प्यानल घोषणा गरिएको छ ।
शनिबार सघका हाल अध्यक्ष समेत रहेका निरन्जन प्रशाद भट्ट प्यानल घोषणा गरिएको हो । बरिष्ठ उपाध्यक्ष देब बहादुर चन्द, उपाध्यक्ष दिपक भट्ट, महासचिव योगेन्द्र ठगुराठी, सचिव ब्रिज किशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सहकोषाध्यक्ष हेम बहादुर महराको पदाधिकारी प्यानल घोषणा गरिएको छ ।
प्यानल घोषणा गर्दैै निरन्जन प्रशाद भट्टले आफ्नो प्यानल वर्तमान सत्ता गठनबन्धन९काँग्रेस, एमाले० निकट विचार राख्ने युवा निर्माण व्यवसायी रहेको बताए । उनले आफ्नो अधिल्लो कार्यकालमा आम व्यवसायीहरुका क्षेत्रमा काम गर्दै आएको मुल्याङकन गर्दै अहिले फेरी नेतृत्वमा आउन चाहेको बताए । ‘मैले विगतमा संकट, समस्यामा परेका व्यवसायीको हकहितका साथै पेशागत सुरक्षाका लागि गरेको कामको आम निर्माण व्यवसायीले मुल्याङकन गरेका छन, ‘उनले भने, ‘अहिले पनि उहाँहरु नै मलाई अघि सारेका छन, फेरी आम व्यवसायीका लागि सहयोग गर्छु ।’
गत विगतमा भुक्तानी नपाएका व्यवसायीहरुको हकहितका लागि आफ्नो नेतृत्वको निर्माण व्यवसायी संघले संस्थागत रुपमा पहल गर्दै तुरुन्तै भुक्तानी दिलाउनेदेखि निर्माण व्यवसायी र कर्मचारीविच देखिएको विवाद पनि निरुपण गरेको बताए । आफु फेरी अध्यक्ष पदमा दोहोरिने मुल कारण थप निर्माण व्यवसायीहरुको हकहितका लागि भएको घोषणा गरेका छन । भट्ट प्यानललाई पुर्व अध्यक्ष एव पदाधिकारीहरुले समेत साथ सर्मथन रहेको घोषणा गरेका छन । एमाले नेता समेत रहेका बरिष्ठ निर्माण व्यवसायी दामोदर महरा निरन्जन प्रशाद भट्ट प्यानल सक्षम भएकाले गत विगतका उनीहरको कामका आधारमा आफुले पनि साथ सर्मथन दिएको बताए । पुर्व अध्यक्ष लोक बहादुर ठगुराठीले भट्ट नेतृत्वको समितिले आम व्यवसायीका हकहितका लागि काम गरेकाले फेरीपनि आवश्यकताका आधारमा साथ सर्मथन दिने घोषणा गरेका छन । उद्योग निर्माण परिसंघका अध्यक्ष ज्ञानेन्द्र फुयालले राम्रो काम गरेकाले भट्ट प्यानलाई साथ सर्मथन दिएको बताए ।
पुर्व अध्यक्ष गजेन्द्र बहादुर चन्दले भट्ट नेतृत्वको समितिले सरकारी कार्यालयमा व्यवसायीले बोक्दै आएका समस्या सम्बोधन गर्दै निवारण गर्ने भएकाले आफ्नो साथ सर्मथन रहेको बताए ।
पुर्व अध्यक्ष भुवन भट्टले समेत निरन्जन प्रशाद भट्ट प्यानललाई साथ सर्मथन दिने घोषणा गरेका छन । युवा व्यवसायी गजेन्द्र विक्रम थापाले संघ संस्थाको संस्थागत विकास र आम व्यवसायीको हकहितका लागि पहल गरेका भट्ट प्यानलाई साथ रहेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश दत्त जोशीले जिल्लाका निर्माण व्यवसायीहरुको हकहितका लागि काम गरेका भट्टलाई जिम्मेबारी दिनुपर्नेमा जोडदिए । निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्षत्रय रामदत्त लेखक, प्रेमप्रकास भट्ट र प्रेमसिह भण्डारीले समेत निरन्जन प्रशाद भट्ट सहित उनी नेतृत्वको समितिले अपेक्षित काम गरेकाले फेरी निर्माण व्यवसायीका साझा समस्या समाधानदेखि हकहितका लागि काम गर्ने भएकाले आफुहरुको साथ सर्मथन सहयोग र जिताउने जिम्मेबारी रहेको घोषणा गरेका छन । भट्ट प्यानल घोषणा गरेसंगै चुनावी प्रचारप्रसारमा जुटेको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?