भ्रष्टाचार बिरोधि अभियान नेतृत्व राप्रपाले गर्न सक्छ ः चटौत

धन सिंह धामी
कञ्चनपुर ०६, भदौ।
भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम गर्न युवाशक्तिले अघि बड्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तिर्थराज चटौतले बताएका छन्।
बिहिबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा राप्रपा तेस्रो नगर अधिबेशन कार्यक्रम सम्बोधन गर्दै भ्रष्टाचार बिरोधि अभियानको नेतृत्व केवल राप्रपाले गर्न सक्ने आफ्नो धारणा राखेका हुन ।

देशमा प्रत्येक दिन अन्य दलका नेता, कार्यकर्ता तथा कर्मचारीहरु भ्रष्टाचारको अभियोगमा संलग्नता देखिने क्रममा “भ्रष्टाचार गर्नु भनेको आफ्नो आमाको रगत पिउनु हो“ भन्ने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भनाईलाई उदृत गर्दै राप्रपामा भ्रष्टचारी नेता कार्यकर्ता नरहेको भन्दै राष्ट्र निर्माणको जिम्मा आफ्नो पार्टी ले लिने बताएका थिए।
देशमा अराजकता बड्दै गईरहेको समयमा विभिन्न पार्टी संगठन तथा स्वतन्त्र बुद्धिजीवी युवाहरुले राप्रपा प्रवेश गर्ने लहर बढेपछि राष्ट्र समृद्ध र सुशासनको मार्गमा लैजान सक्ने राप्रपा बाहेक अन्य कुनै पनि दल नरहेको जिकिर गर्दै सबैले आ(आफ्नो ठाउँबाट एकजुट भएर अघि बढ्नु पर्नेमा जोड्दिएका थिए।

उक्त आयोजित अधिबेशनबाट नव गठित कमिटीलाई शुभकामना दिदै अन्य राप्रपा भातृसंगठनहरुले पनि कमिटी गठन गर्न हुन अनुरोध गरेका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?