भ्रष्टाचार बिरोधि अभियान नेतृत्व राप्रपाले गर्न सक्छ ः चटौत

धन सिंह धामी
कञ्चनपुर ०६, भदौ।
भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम गर्न युवाशक्तिले अघि बड्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तिर्थराज चटौतले बताएका छन्।
बिहिबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा राप्रपा तेस्रो नगर अधिबेशन कार्यक्रम सम्बोधन गर्दै भ्रष्टाचार बिरोधि अभियानको नेतृत्व केवल राप्रपाले गर्न सक्ने आफ्नो धारणा राखेका हुन ।

देशमा प्रत्येक दिन अन्य दलका नेता, कार्यकर्ता तथा कर्मचारीहरु भ्रष्टाचारको अभियोगमा संलग्नता देखिने क्रममा “भ्रष्टाचार गर्नु भनेको आफ्नो आमाको रगत पिउनु हो“ भन्ने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भनाईलाई उदृत गर्दै राप्रपामा भ्रष्टचारी नेता कार्यकर्ता नरहेको भन्दै राष्ट्र निर्माणको जिम्मा आफ्नो पार्टी ले लिने बताएका थिए।
देशमा अराजकता बड्दै गईरहेको समयमा विभिन्न पार्टी संगठन तथा स्वतन्त्र बुद्धिजीवी युवाहरुले राप्रपा प्रवेश गर्ने लहर बढेपछि राष्ट्र समृद्ध र सुशासनको मार्गमा लैजान सक्ने राप्रपा बाहेक अन्य कुनै पनि दल नरहेको जिकिर गर्दै सबैले आ(आफ्नो ठाउँबाट एकजुट भएर अघि बढ्नु पर्नेमा जोड्दिएका थिए।

उक्त आयोजित अधिबेशनबाट नव गठित कमिटीलाई शुभकामना दिदै अन्य राप्रपा भातृसंगठनहरुले पनि कमिटी गठन गर्न हुन अनुरोध गरेका थिए ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?