जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

शंकर दत्त अवस्थी 

कञ्चनपुर, भदौँ ४

सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ ।

जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो ।

कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निष्पक्ष कलम चलाइरहने प्रतिज्ञा गरेका छन ।

प्रधान सम्पादक राजेन्द्र प्रशाद अवस्थीले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सवको अवसरमा पत्रकारको हकहित, कल्याणका लागि गरेको सहयोगले संकटमा पर्ने पत्रकारलाई सहयोग पुग्ने बताए । जनसरोकार पोष्ट दैनिक परिवारले पत्रकार कल्याण कोषमा सहयोग गरी प्रोत्साहन गर्नु भएको छ । बार्षिकोत्सवको अवसरमा हरेक बर्ष जनसरोकार पोष्ट दैनिकले विवित समाजिक क्षेत्रमा कामकाज गर्दै आएको छ

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?