राष्ट्रिय मानव अधिकार आयोगले भन्यो, ‘अनशनमा बसेका आरक्षपीडितको जिवन रक्षा गर’

कञ्चनपुर, ३० साउन

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत कञ्चनपुरका आरक्षपीडितको जिवन रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार प्रेस नोट जारी गर्दै कञ्चनपुरका आरक्षपीडितको जिवन रक्षा गर्न सरकारलाई निर्देशन दिएको हो । २२ साउनदेखि पुर्नस्थापनाको माग अघि सार्दै जिल्लाको सदरमुकाम महेन्द्रनगर, कृष्णपुर र ढक्का शिबिरमा अनशनरथ पीडितसंग वार्ता गरेर समस्याको समधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । श्रावण २२ गतेदेखि आरक्षपीडित सङ्घर्ष समितिका तर्फवाट अध्यक्ष जयबहादुर रोकाया र रणवहादुर बम आमरण अनशन बसेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको जनाउँदै अनशन लम्बिँदै समेत गएको सन्दर्भमा निजहरुको स्वास्थ अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।

संविधानमा व्यवस्था भएका मौलिक हकहरु, विशेषतः सम्मानपूर्वक बाँच्न पाउने हक, सम्पतिको हक, शिक्षाको हक, रोजगारीको हक, स्वास्थ्य सम्बन्धी हक, आवासको हक, महिलाको हक, बालबालिकाको हक, दलितको हक र ज्येष्ठ नागरिकको हकसमेतका व्यवस्था आरक्ष पीडितहरूको अधिकारका रुपमा समेत आकर्षित हुने देखिएको छ। संविधानको धारा ५६ (६) मा मानव अधिकार र मौलिक हकहरूको संरक्षण गर्ने दायित्व राज्यका तीनवटै तहको हुने भनी उल्लेख भएको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, ०७४ मा मानव अधिकारको संरक्षण, प्रवद्र्धन र समन्वयको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ ।’ नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा २ मा कुनै पनि अवस्थामा कुनै पनि व्यक्तिलाई आफ्नो जीवन धान्ने उपायवाट बञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको जनाउँदै आमरण अनशनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था समेतलाई ध्यानमा राखी निजहरुको मागका सम्बन्धमा यथाशीघ्र छलफल गर्दै विवादका विषयहरुमा वार्ता र सहमतिकै माध्यमबाट निष्कर्षमा पुगी अनशनरत व्यक्तिहरुको जीवन रक्षा गर्न आयोग तीनै तहका सरकारलाई निर्देशन गरेको छ । आयोगका सहसचिव समेत रहेका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा आमरण अनशनलाई स्थगित गरी आफ्ना माग र अधिकारका सम्बन्धमा वार्ता, छलफल र कानूनी बाटो अवलम्बन गर्न समेत आयोग अनशनरत पक्षलाई आग्रह गरेको छ । २८ साउनमा राष्ट्रिय मानव अधिकार आयोग धनगढीका सहसचिव प्रकासदत्त भट्ट सहितको टोलीले समेत पीडितसंग अनसन तोडन आग्रह गरेपनि पीडितले सरकारले पुर्नस्थापनाका लागि विश्वास नदिलाउन्जेलसम्म अनसन जारी राख्ने अडान लिएका थिए । पुर्नस्थापनाको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडित ।२२साउन(बिहीबार)देखि जिल्लाका तीन स्थानमा आरक्षपीयडत आमरण अनसनमा बसेका हुन । जिल्ला मुकाम महेन्द्रनगर, कृष्णपुरको वाणी र लालझाडीको ढक्का शिबिरमा आरक्षपीडित अनसनमा सबेका हुन । विस्थापित भएको २४ बर्षसम्म पनि सरकारले पुर्नस्थापनाका लागि झुक्याउने काम गरेको भन्दै आरक्षपीडित मुत्यु कि मुक्ति भन्दै साउनकै कालो रातमा भोकभोक अनसनमा बसेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?