
धन सिह धामी,
कञ्चनपुर, २९ साउन
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन बिरुद्धमा निजी विद्यालयका संचालक आन्दोलित भएका छन ।
संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिबाट पारित गरिएका केही बुँदाहरुमा असहमती जनाएर निजी विद्यालयका संचालकहरु आन्दोलित भएका हुन । कञ्चनपुर सहित देशभर निजी विद्यालयहरुा साझा संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा आन्दोलन थालेको जनाएका छन । विधेयकमा निजी विद्यालय क्रसम गैर नाफामुलक बनाईनेछ । पूर्ण छात्रबृति राखेपछि प्याब्सन र एनप्याब्सनले उक्त बुद्दा खारेजीको माग अघि सारेर देशभर आन्दोलनमा उत्रिएको जनाएको छ ।
देशभर आन्दोलनका कार्यक्रम अन्र्तरगत कञ्चनपुुरमा पनि पहिलो दिन स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले केन्द्रीय कार्यक्रम अनुरुप कञ्चनपुरका ९वटै पालिकामा संयुक्त रुपमा पालिका प्रमुख र शिक्षा शाखा प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको बताए । ‘अहिले हामीले प्याब्सन र एनप्याब्सन दुवै समिति मार्फत पालिका तहमा ज्ञापन पत्र बुझाएका छौँ, ‘उनले भने, ‘आगामी दिनमा पनि निरन्तर आन्दोलन गछौँ, विद्यालय बन्द नै गरेर आन्दोलन गर्नुपर्ने बाध्यता नआवस हाम्रो चाहना छ ।’ एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले निजी विद्यालयमाथि राज्यले अन्याय गरेपछि विगतका बर्षहरु जस्तै यस बर्षपनि आन्दोलनमा उत्रिएको बताए ।
प्याब्सन भीमदत्त नगरका अध्यक्ष उपेन्द्र प्रशाद जोशीले विधेयकमा समावेस गरिएका बुँदा नहटाउन्जेलसम्म आन्दोलन जारी राख्ने बतँए । उनका अनुसार निजी विद्यालयलाई क्रमस गैरनाफामुलक बनाईने, पूर्ण छात्रबृति भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको कुल विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रबृति दिने प्रावधान निरन्तरता दिनुपर्ने, छात्रबृति अन्र्तरगत भर्ना, शुल्क, बार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने बताए । एनप्याब्सन भीमदत्त नगरका अध्यक्ष दिजराज भट्टले शैक्षिक गुणस्तर प्रदान गर्दै आएका निजी विद्यालयमाथि सरकारबाट अन्याय भएको हुँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । प्याब्सन नेपालका केन्द्रीय सदस्य अम्मराज भट्टले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनुपर्ने जोडदिनुपर्ने बताए ।
उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्म गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।
आन्दोलनका कार्यक्रम तपशिल
१ मिति २०८२ श्रावण २९ गते विहिवार विहान ११ बजे पत्रकारहरुको उपस्थितिमा अध्यक्ष मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई प्याव्सन सदस्यहरूको व्यापक उपस्थितिमा ज्ञापन पत्र बुझाउने ।
२ मिति २०८२ श्रावण ३० गते शुक्रवार ११ बजे प्याब्सन सदस्य एवम् पत्रकारहरूको व्यापक उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई जिल्ला समन्वय मितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने ।
३ मिति ः २०८२ भाद्र १ गते, आईतवार ११ बजे प्याब्सन सदस्य तथा पत्रकारहरूको व्यापक उपस्थितिमा प्रदेशमा मुख्यमन्त्री सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने ।
४ मिति २०८२ भाद्र २ गते आ–आफ्नो निर्वाचन क्षेत्रका संघीय प्रतिनिधि सभा राष्ट्रिय सभाः सांसदहरूलाई प्याब्सन सदस्य र पत्रकारहरुको व्यापक उपस्थितिमा ज्ञापनपत्र बुझाउने ।
५ मितिः २०८२ भाइ २ गते सोमबार ५ः३० बजे बेलुका सुझाव संकलनका लागि राष्ट्रिय परिषदको जूम बैठक वस्ने ।
६। मिति २०८२ भाद्र २ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
७ मिति ः २०८२ भाद्र ४ गते प्रत्येक जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
८ मिति ः २०८२ भाद्र ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
९ मितिः २०८२ भाद्र ६ र ७ केन्द्र र प्रदेश स्तरमा सरोकारवालाहरू अन्तरक्रिया गर्ने ।

