माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी

केशव थापा, साउन २९
नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा आनन्द सिह धामी चयन भएका छन । माओवादी केन्द्र भीमदत्त नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन । २७ साउनदेखि शुरु भएको माओवादी भीमदत्त नगरको अधिवेशन २९ साउनमा सहमतीय आधारमा नगर कमिटि टुङगो लगाएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्र बिसीले सहमतीय आधारमा धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटि चयन गरिएको बताए ।


उपाध्यक्षमा कमल नेपाली, नारु सिह, गणेश बहादुर चन्द, सचिव बीर बहादुर नेपाली, सहसचिव तेजेन्द्र ऐर, आशा चौधरी, कोषाध्यक्ष शोभा टमाटा रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव क्षेत्र ३ इन्चार्ज लोकेन्द्र लम्साल, क्षेत्र ३९क० इन्चार्ज एव केन्द्रीय सदस्य माया नेगी, कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, संयोजक खेमराज पाण्डेय,भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, युवा नेता बिरेन्द्र राज विष्ट सहितका नेताहरुले नयाँ नगर कमिटिलाई बधाई तथा शुभकामना दिर्दै पाटीको कामकाजमा खटिन निर्देशन दिएका छन । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष आनन्द सिह धामीले नगरमा पाटीलाई चुस्त दुरुस्त बनाउँदै अघि बढ्ने प्रतिज्ञा गरेका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?