महेन्द्रनगरमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालन

कञ्चनपुर २९ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालनमा आएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर भाँसीमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालनमा आएको हो ।
काठमाण्डौँमा केन्द्रीय कार्यालय रहेको ओसिएनको बिहीबारदेखि भाँसी टनकपुर रोड क्षेत्र महेन्द्रनगरमा औपचारिक रुपमा संचालनमा आएको छ । ओसिएन एजुगेशन फाउण्डेशनका संचालक भक्त बहादुर धामीले सुदुरप्िरश्चम क्षेत्रका विद्यार्थीको सुविधालाई मध्य नजर गर्दैै भाषा प्रशिक्षण केन्द्र संचालनमा ल्याएको बताए ।


उनका अनुसार ७ बर्षदेखि काठमाण्डौँमा संचालनमा रहेको ओसिएनले हालसम्म दक्षिण कोरियामा एकसय, जापानमा २सय सहित अन्य मुलुकमा समेत विद्यार्थी पठाउन सफल भएको बताए ।
‘हामी उपत्यका बाहिर यस पटक पहिलो शाखा महेन्द्रनगरमा विस्तार गरेका छौँ, ‘उनले भने, ‘काठमाण्डौँको जस्तै सुदूरपश्चिम कञ्चनपुरमा पनि दिन्छौँ ।’ सस्तो शुल्क गुणस्तरिय शिक्षा प्रदान गर्ने संकल्प लिएको उनको भनाई छ । जापानीज, अष्टे«लिया, यूएसए, क्यानाडा, यूके, डेनमार्क, दक्षिण कोरियाको भाषा प्रशिक्षण हुनेछ ।
सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री एव सुप प्रदेश सभा सदस्य प्रकास बहादुर रावलले उद्घाटन गर्दै सीप, भाषा सिकेर मात्रै बैदेशिक रोजगारीमा जाँदा सहज हुने बताए ।

उनले सकभर स्वदेशमै रोजगारी खोज्नुपर्ने विदेश जानै परेपनि यस्ता भरपर्दा, विश्वासिता प्रशिक्षण केन्द्र मार्फत भाषा र सीप सिकेर जान सुझाव दिएका छन । बैदेशिक रोजगारी एव अध्ययनका लागि कञ्चनपुर सहित सुदूरपश्चिमबाट काठमाण्डौँमा जानुपर्ने बाध्यता हटेको छ । समाजसेवी गोपाल सिह धामीले ठुलो धनराशी खर्च गरेर काठमाण्डौँ लगायतका टाढा शहरमा गएर भाषा सिक्ने बाध्यता हटेको बताए ।

उनले घर आँगनमै बिदेशमा अध्ययन र रोजगारीका लागि ओसिएनले सहजता गर्ने बताए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष गणेश बहादुर चन्दले सीप र भाषा सिकेर बिदेशमा जाँदा दुख नहुने बताए । उद्घाटन कार्यक्रममा स्थानीय एव सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?