नागरिकको सुरक्षामा कञ्चनपुरका सिडिओ ढकालको चिन्ता, दैजी बेलडाँडी सडक खण्डको झाँडी सफाई गर्न सरोकारवालासंग समन्वय

रमेश प्रशाद भट्ट,
कञ्चनपुर साउन २८
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने छोटो दुरीमा रहेको दैजी बेलडाँडी९हुलाकी० सडक छेउछाउ झाँडीले भरिभराउ भएर सडक साधुरिदै गएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर दैजी बेलडाँडी जोड्ने उक्त हुलाकी सडक छेउछाउमा बुट्यान झाँडीले सडक भरिभराउ भएको छ । झण्डै १५किलोमिटर जंगलको बाटोभएर नागरिकले यात्रा गर्नुपर्ने बाध्यता छ । निकुञ्जबाट यताउता गर्ने ठुला तथा साना प्रजातिका जनावरको मुभमेन्टले यात्रु जोखिम बढिरहेका समाचार बाहिरिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी९सिडियो० लक्ष्मण ढकालले चासो दिएका छन । झाडीले सडक लटरम्म ढाकिएपछि यात्रुलाई नजिकैबाट बन्यजन्तुको मुभमेन्टले मानवबन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका लागि सिडियो ढकालले हुलाकी राजमार्ग आयोजना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली सिँचाई सहितका कार्यालय सरोकारवाला निकायसंग सडक छेउछाउको झाँडी सफाई गरेर ढाटैबाट सडक चिटिक्क र कुनै जनावर आएपनि देखिने गरेर यात्रुलाई पुर्व सर्तकताका लागि वातावरण तयार पार्न निर्देशन दिएका छन । प्रजिअको समन्वय निर्देशन अनुरुप छिट्टै झाँडी सफाई गर्ने तयारी रहेको जनाएको छ ।

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?