युवा संघ सुप प्रदेशको कमाण्ड जोशीको काँधमा

रमेश पन्त
कञ्चनपुर, साउन २८
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता एव जनप्रतिनिधी महेश जोशीलाई युवा संघ सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेबारी दिएको छ । समाजवादी निकट युवा संघ नेपाल केन्द्रीय समितिले जोशीलाई युवा संघ सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेबारी दिएको हो । युवा संघ नेपालको संक्रमण र हरेक चुनौतीका विच जोशी नेतृत्वमा सुदुरपश्चिम कमाण्ड परेको छ ।
समाजवादी बेदकोट नगरका अध्यक्ष, बेदकोट नगरपालिका ८का वडाध्यक्ष समेत रहेका जोशीलाई संगठनले प्रदेश संयोजककै जिम्मेबारी दिएको जनाएको छ । लालपुर्जा बिहिन जनतालाई जमिनको मालिक बनाउने काममा जुटेका वडाध्यक्ष जोशीलाई पाटी संगठनले थप जिम्मेबारी दिएपछि नेता कार्यकर्ताहरु काम गर्ने युवा भनेर हर्षित भएका छन, भने उनका वडाका जनता कतै अब युवा संगठनको जिम्मेबारीले लालपुर्जा वितरण अभियानमा असर त पर्ने होईन भन्ने चिन्तामा छन । हरेक आन्दोलन सफल गरेका रचनात्मक व्यक्ति समाजवादी सुदूरपश्चिममा आशा पलाएका जोशी सुपमा विश्वविद्यालय हुँदै जनजिविका सवालमा शसक्त मुद्दा उठान गर्दै आएका छन ।
बामपन्थी आन्दोलन सैद्धान्तिक र व्यवहारिक दुवैमा विद्यामा अब्बल दखल राख्दै नेता कार्यकर्ताहरु माँझ सहज घुलमिल हुन सक्ने जोशी पुर्व युवा विद्यार्थी नेतादेखि वडाध्यक्षकोे जिम्मेबारीमा आउँदासम्म जोशीले पाएका जिम्मेबारी कुलसलतापुर्वक निर्वाह गरेपछि उनीमाथि नेता कार्यकर्ता पाटी संगठनको थप विश्वास बढेको छ । युवा संघ सुप प्रदेशको संयोजकको जिम्मेबारी पाएका महेश जोशी पाएकोे जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै युवाहरुको हक अधिकारका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?