सशस्त्र प्रहरी ३५ नम्बर शैलेश्वरी गणको २२ औँ बार्षिकोत्सव राजस्व चोरी छली बिरुद्ध निर्मम बन्नु ः सुप प्रदेश डिआईजी पाल

धन सिह धामी
कञ्चनपुर, १८ साउन ।
सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी प्रमुख ९डिआईजी० प्रदिप पालले सीमावर्ती क्षेत्रमा हुने अबाञ्चित गतिबिधी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।
आइतबार कञ्चनपुर झलारीमा रहेको सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणको २२औँ स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै डिआईजी पालले सीमावर्ती क्षेत्रमा हुने अबाञ्चित गतिबिधी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन । पालले राज्यले सशस्त्र प्रहरीलाई दिएको सीमा सुुरक्षा, राजस्व चोरीछलीजन्य अपराध नियन्त्रणका लागि २४सै घण्टा खटिएर कामकाजमा खटिएको बताउँदै आगामी दिनमा समेत निरन्तर सीमादेखि जनताको जिउधनको सुरक्षामा खटिने बताए ।
‘यो शैलेश्वरी गणले सीमावर्ती क्षेत्रबाट हुने गैर कानुनी भन्सार चोरीछलीका १२करोडका समान बरामद गरेको थियो, ‘उनले भने, ‘यसरी नै सशस्त्र प्रहरीले निरन्तर काम गर्छ ।’ सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रणका साथै विपद व्यवस्थापनका क्षेत्रमा समेत कामकाज गरिरहेको भन्दै उनले सुदूरपश्चिमको सीमा सुुरक्षाका लागि सशस्त्र प्रहरी अहोरात्र खटिएको बताए ।
सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले उपलब्ध स्रोत साधन प्रयोग गर्दै जिल्लाको सीमा सुुरक्षा, राजस्व चोरीछली बिरुद्धमा निरन्तर खटिएको बताए । एसपी भट्टले कञ्चनपुरमा सशस्त्र प्रहरीले नियमित कामकाजका साथै समाजिक कामकाज समेत गरिहेको बताए ।
सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणका सशस्त्र प्रहरी नायब उपरीक्षक९डिएसपी० शंकर धामीले बार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरीलाई सम्मान गरिएको बताए । साथै आन्तरिक विद्यातर्फ उत्कृष्ट खेलाडीलाई समेत सम्मान पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा सुदूरपश्चिमको लोक सस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख, समाजसेवी सहितको उपस्थिति रहेको थियो ।
ध्चष्तभ तय द्यष्कत ःद्य

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?