लक्ष्मी मा.वि. बाँगफाटाको शुक्रबार बुक लेस फ्राइडे अन्तर्गत हाजिरी जवाफं

कञ्चनपुर १७ साउन ।
भीनपा–१९, लक्ष्मी माध्यमिक विद्यालय बाँगफाटाले शुक्रबार बुक लेस फ्राइडे अन्तर्गत विभिन्न कार्यक्रम गरेर मनाएको छ । कक्षा ६–१० सम्म हाजिरी जबाफ प्रतियोगिता, पूर्व प्राथमिक तहमा सांस्कृतिक कार्यक्रम र कक्षा १ देखि ५ सम्म हस्तेखन कार्यक्रम गरिएको छ । कक्षा ६–१० सम्मको हाजिरी जवाफ प्रतियोगिता जुनियर रेड्क्रस सर्कलको आयोजनामा गरिएको थियो । जुनियर रेड्क्रस सर्कलको शिक्षक नायक सरस्वती भट्टले हाजिरी जवाफा प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने लाई पुरुस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको बताईन् ।


त्यसै गरी बाल क्लब परिचालनको जिम्मेवारी पाएकी शिक्षक अनित चन्दले ‘हरित विद्यालय बनाउने योजना अनुसार विद्यालय परिसरमा बृक्षारोपण बाल क्लबको नेतृत्वमा गरिएको बताईन् ।
‘प्रत्येक शुक्रबार विद्यार्थीहरुको शिक्षाको साथै चौतफी विकासको लागि विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउने गरेको’ अनुशासन समिति संयोजक माधव प्रसाद जोशीले बताए । त्यसैगरी ‘विद्यालयमा विद्यार्थीको चौतर्फी बिकास गर्न आवश्यक पर्ने सबै गतिबिधी संचालन गरिदै आएको र देशकै अब्बल नमुना अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यालय बनाउन विद्यालय परिवार लागि परेका’े प्रधानाध्यापक परमानन्द नाथले बताए । उनले भने, शिक्षाको साथै विद्यार्थीहरुमा अनुशासन र चौतर्फी विकास गर्नु अति आवश्यक छ । राम्रो अंक ल्याएर पास भएर मात्र पुग्दैन, विद्यार्थीहरुमा अनुशासन भएन भने विना लगामका घोडा जस्तो हुने हुनाले अत्तिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा अनुशानसनको विकास गर्छ ।’


अतिरिक्त क्रियाकलाप संयोजक राम दत्त बिष्टले प्रत्येक शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको चौतफी विकासलाई ध्यानमा राखि विद्यालयले यस प्रकारको कार्यक्र संचालन गरिदै आएको बताए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?