महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता

साउन १५ महेन्द्रनगर

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुर जिल्ला फुटबल संघको समन्वयमा सुदूरपश्चिम प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम महेन्द्रनगरको खुलामञ्चमा एक कार्यक्रमका साथ सम्पन्न भएको हो। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ प्रदेश फुटबल संघका महासचिव काशिराम बोहरा सदस्य गोपाल चन्द, कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल, प्रशिक्षक पुष्कर शाही, लोक पातली, भरत महता, हिमाल मल्ल र सुबास कोलि लगायत खेल प्रेमी तथा खेलाडीको उपस्थित रहेको थियो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५२ जना पुरुष खेलाडीको उपस्थितिमा प्रदेश छनौट कार्यक्रम सम्पन्न भएको सुदूरपश्चिम प्रदेश फुटबल संघले बताएको छ। संघका अनुसार, प्रदेश बाट केन्द्रका लागि छनौट हुने खेलाडीको नामावली साउन १६ गते सार्वजनिक गरिने छ। छनौट कार्यक्रम सम्पन्न पश्चात् सुदूरपश्चिम प्रदेश फुटबल संघले खेलाडीहरु प्रशिक्षक लगायत खेलप्रेमी लाई मध्यनजर गर्दै खिर खुवाउने कार्यक्रम समेत गरेको थियो। उक्त कार्यक्रममा खिर खाने विशेष दिन परेको हुँदा खेलाडी, प्रशिक्षक लगायत लाई खिर खुवाउने अवसर एकासी जुरेको सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो। साउन १५ गते नेपाली समाजमा खीर खाएर विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुका बेला असार १५ मा दही–च्युरा र साउन १५ मा खीर खाने परम्परा प्राचीनकालदेखि निरन्तर चली आएको सांस्कृतिक परम्परा हो। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध र दूधबाट बनेका परिकार मनपर्ने विश्वास रहेको हुँदा साउनमा खीरजस्ता परिकार अर्पण गरिन्छ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?