महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता

साउन १५ महेन्द्रनगर

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुर जिल्ला फुटबल संघको समन्वयमा सुदूरपश्चिम प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम महेन्द्रनगरको खुलामञ्चमा एक कार्यक्रमका साथ सम्पन्न भएको हो। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ प्रदेश फुटबल संघका महासचिव काशिराम बोहरा सदस्य गोपाल चन्द, कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल, प्रशिक्षक पुष्कर शाही, लोक पातली, भरत महता, हिमाल मल्ल र सुबास कोलि लगायत खेल प्रेमी तथा खेलाडीको उपस्थित रहेको थियो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५२ जना पुरुष खेलाडीको उपस्थितिमा प्रदेश छनौट कार्यक्रम सम्पन्न भएको सुदूरपश्चिम प्रदेश फुटबल संघले बताएको छ। संघका अनुसार, प्रदेश बाट केन्द्रका लागि छनौट हुने खेलाडीको नामावली साउन १६ गते सार्वजनिक गरिने छ। छनौट कार्यक्रम सम्पन्न पश्चात् सुदूरपश्चिम प्रदेश फुटबल संघले खेलाडीहरु प्रशिक्षक लगायत खेलप्रेमी लाई मध्यनजर गर्दै खिर खुवाउने कार्यक्रम समेत गरेको थियो। उक्त कार्यक्रममा खिर खाने विशेष दिन परेको हुँदा खेलाडी, प्रशिक्षक लगायत लाई खिर खुवाउने अवसर एकासी जुरेको सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो। साउन १५ गते नेपाली समाजमा खीर खाएर विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुका बेला असार १५ मा दही–च्युरा र साउन १५ मा खीर खाने परम्परा प्राचीनकालदेखि निरन्तर चली आएको सांस्कृतिक परम्परा हो। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध र दूधबाट बनेका परिकार मनपर्ने विश्वास रहेको हुँदा साउनमा खीरजस्ता परिकार अर्पण गरिन्छ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?