माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

नेकपा माओवादी केन्द्र निकट महिला संगठनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी सार्वजनिक गर्न माग अघि सारेको छ ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले कञ्चनपुरले सात बर्ष अघि हत्या गरिएकी निर्मलाका हत्यारा सार्वजनिक हुनुपर्ने माग अघि सारेको हो ।

गृहमन्त्री लेखलाई माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा कहिले हुन्छन सार्वजनिक भन्दै प्रशन गरेका छन ।

निर्मला मृत फेला परेकै मिति ११साउन(आइतबार) प्रशासन मार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाउँदै अनेमसंघ(क्रान्तिकारी)ले यथाशिघ्र छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको जनाएको छ ।

अनेमसंघ(क्रान्तिकारी) कञ्चनपुरका संयोजक शान्ति शाहीले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ज्ञापन पत्र बुझाउँदै निर्मलाकै गृहनगरबाट काँग्रेस नेता रमेश लेखक गृहमन्त्रीमा भएपनि निर्मलाका बलात्कारी हत्यारा पत्ता लाग्न नसक्नु विडम्बना भएको बताईन । ‘यस कञ्चनपुर निर्वाचन क्षेत्र ३बाटै निर्वाचित भई हाल गृहमन्त्री हुनुभएका रमेश लेखककै क्षेत्रमा १३ बर्षिया निर्मला पन्तको हत्या भएको ७ बर्ष वितिसक्दा पनि हालसम्म अपराधी पत्ता नलाग्नु क्षेत्रकै लागि दुखत पक्ष हो, ‘ज्ञापन पत्रमा भनिएको छ, ‘तत्तालिन समयमा निर्मला पन्तको आन्दोलनमा होमिएका स्वय गृहमन्त्री ज्यूको कार्यकाल एक बर्ष पुरा हुँदा पनि हालसम्म पत्ता लाग्न सकेको छैन ।’ अनेमसंघ (क्रान्तिकारी)ले बलात्कार पछि हत्या गरिएकी निर्मला हत्याकाण्डकोे यथाशिघ्र ले बलात्कार पछि हत्या गरिएकी निर्मला हत्याकाण्डकोे यथाशिघ्र छानबिन गरेर दोषि उपर कार्बाहीको नभए आन्दोलनको चेतावनी दिएका छन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण प्रशाद ढकालले उक्त ज्ञापन पत्र गृहमन्त्रालय पठाएको बताए । गृहनगरकै नेता लेखक निर्मला हत्याकाण्डामा धर्नादेखि घरमै गएर साथ दिएपनि अहिले गृहमन्त्री हुँदा वास्ता नराखेको भन्दै स्वयम काँग्रेस, सत्ताधारी एमाले, विपक्षी दलहरुले निर्मलाको न्यायका लागि पहल कम नभएको बताईरहेका छन ।

 

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?