माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

नेकपा माओवादी केन्द्र निकट महिला संगठनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी सार्वजनिक गर्न माग अघि सारेको छ ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले कञ्चनपुरले सात बर्ष अघि हत्या गरिएकी निर्मलाका हत्यारा सार्वजनिक हुनुपर्ने माग अघि सारेको हो ।

गृहमन्त्री लेखलाई माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा कहिले हुन्छन सार्वजनिक भन्दै प्रशन गरेका छन ।

निर्मला मृत फेला परेकै मिति ११साउन(आइतबार) प्रशासन मार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाउँदै अनेमसंघ(क्रान्तिकारी)ले यथाशिघ्र छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको जनाएको छ ।

अनेमसंघ(क्रान्तिकारी) कञ्चनपुरका संयोजक शान्ति शाहीले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ज्ञापन पत्र बुझाउँदै निर्मलाकै गृहनगरबाट काँग्रेस नेता रमेश लेखक गृहमन्त्रीमा भएपनि निर्मलाका बलात्कारी हत्यारा पत्ता लाग्न नसक्नु विडम्बना भएको बताईन । ‘यस कञ्चनपुर निर्वाचन क्षेत्र ३बाटै निर्वाचित भई हाल गृहमन्त्री हुनुभएका रमेश लेखककै क्षेत्रमा १३ बर्षिया निर्मला पन्तको हत्या भएको ७ बर्ष वितिसक्दा पनि हालसम्म अपराधी पत्ता नलाग्नु क्षेत्रकै लागि दुखत पक्ष हो, ‘ज्ञापन पत्रमा भनिएको छ, ‘तत्तालिन समयमा निर्मला पन्तको आन्दोलनमा होमिएका स्वय गृहमन्त्री ज्यूको कार्यकाल एक बर्ष पुरा हुँदा पनि हालसम्म पत्ता लाग्न सकेको छैन ।’ अनेमसंघ (क्रान्तिकारी)ले बलात्कार पछि हत्या गरिएकी निर्मला हत्याकाण्डकोे यथाशिघ्र ले बलात्कार पछि हत्या गरिएकी निर्मला हत्याकाण्डकोे यथाशिघ्र छानबिन गरेर दोषि उपर कार्बाहीको नभए आन्दोलनको चेतावनी दिएका छन । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण प्रशाद ढकालले उक्त ज्ञापन पत्र गृहमन्त्रालय पठाएको बताए । गृहनगरकै नेता लेखक निर्मला हत्याकाण्डामा धर्नादेखि घरमै गएर साथ दिएपनि अहिले गृहमन्त्री हुँदा वास्ता नराखेको भन्दै स्वयम काँग्रेस, सत्ताधारी एमाले, विपक्षी दलहरुले निर्मलाको न्यायका लागि पहल कम नभएको बताईरहेका छन ।

 

ताजा खबर

बेलडाँडीमा जनप्रतिनिधिको जिम्मेवारीबोधबारे प्रश्न ः प्रमुख रानाको एक्लो तर दृढ नेतृत्व

विमल धामी बेलडाँडी १५ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको इच्छा, आवश्यकता...

महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता साउन १५ महेन्द्रनगर कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित...

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?