मन्त्र अस्पताल र ग्लोबल आईएमई बैङ्कबिच सम्झौता ः ५ देखि २५ प्रतिशत सम्म उपचारमा छुट

कञ्चनपुर १० साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर र ग्लोबल आईएमई बैँक विच सम्झौता भएको छ । बैँकमा खाता भएका सदस्यहरुलाई मन्त्र अस्पतालले उपचारमा छुट दिने दुवै संस्था विच शुक्रवार सम्झौता भएको हो । ग्लोबल आईएमई बैँकका शाखा प्रमुख भुवन प्रशाद भट्ट र मन्त्र अस्पतालका अध्यक्ष कैलाश चन्द्र भट्ट, अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा भर्ना गर्नेदेखी विभिन्न स्वास्थ्य सेवामा बैँकमा खाता भएका सदस्यहरुलाई उनिहरुको उपचारमा ५ प्रतिशत देखी २५ प्रतिशत सम्म छुटको व्यवस्था गर्नेगरी दुवै पक्षबिच सम्झौता भएको मन्त्र अस्पतालका अध्यक्ष भट्टले जानकारी दिनु भएको छ । मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले बैँकमा सदस्य रहनु भएकाहरुलाई स्वास्थ्य उपचारमा विशेष छुटको व्यवस्था सहित अन्य सेवाहरु पनि प्रदान गर्ने गरी सम्झौता गरीएको बताउनु भयो । साथै पोस मेसिनबाट क्रेडिट र डेविट कार्डबाट पनि भुक्तानीको व्यवस्था रहेको उहाँले बताउनु भयो । बैँकका प्रमुख भट्टले आफना सदस्यहरुले उपचार गर्न आउँदा आफुसंग भएका एटिएम कार्ड, चेक देखाएर आफनो स्वास्थ्य जाँच छुटमा गर्न सक्ने व्यवस्था गरिएको बताउनु भयो । साथै आफना बैँकका ग्राहकहरुले मन्त्र अस्पतालसंग छुटमा स्वास्थ्य उपचार पाउनका लागी आफुहरुले शुक्रबार सम्झौता गरिएको र आफनो कर्मचारीहरु ग्राहकहरुले छुटमा स्वास्थ्य उपचार पाउने जानकारी दिनु भयो ।
मन्त्र अस्पतालले पछिल्लो समयमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको छ । यो बैँकसहित विभिन्न ९ वटा संस्थाहरु संग् सम्झौता गरी सकेको छ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?