बेलडाँडीमा शिक्षा सुधारतर्फ ऐतिहासिक कदम ः निजी शिक्षकका लागि लाइसेन्स अनिवार्य

बिमल धामी, बेलडाँडी ।

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र व्यवस्थापन सुनिश्चित गर्न बेलडाँडी गाउँपालिकाले “निःशुल्क शिक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२” सार्वजनिक गरेको छ ।

गाउँ कार्यपालिकाबाट असार ३२ गते स्वीकृत उक्त कार्यविधि शुक्रबार सार्वजनिक गरिएको हो । यस कार्यविधिको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरूमा तहगत र विषयगत शिक्षक अभाव हटाउँदै शिक्षण सिकाइ प्रक्रियालाई सशक्त बनाउनु हो ।

निजी स्रोतबाट शिक्षक नियुक्त गर्दा अब शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिमको लाइसेन्स अनिवार्य गरिने छ । यो व्यवस्था शिक्षक छनोटमा पारदर्शिता र योग्यता सुनिश्चित गर्ने उद्देश्यले गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ । कार्यविधि संविधानको धारा २२६९१० र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२९२० बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै तयार पारिएको हो ।

छ भागमा विभाजित कार्यविधिमा प्रारम्भिक व्यवस्था, शिक्षक व्यवस्थापन र मापदण्ड, कोटा निर्धारण, पदपूर्ति प्रक्रिया, सेवाशर्त, अनुदान र विविध व्यवस्थाहरू समेटिएका छन् ।

परिच्छेद १ः प्रारम्भिक व्यवस्था, परिच्छेद २ः शिक्षक व्यवस्थापन, मापदण्ड, कोटा वितरण, परिच्छेद ३ः शिक्षक विज्ञापन तथा पदपूर्ति, परिच्छेद ४ः सेवाशर्त तथा सुविधा, परिच्छेद ५ः विद्यालय सञ्चालन तथा अनुदान, परिच्छेद ६ः विविध व्यवस्था रहेको छ ।

शैक्षिक सरोकारवाला, शिक्षक संघ तथा विद्यालय प्रशासनले कार्यविधिको खुलेर स्वागत गरेका छन् । उनीहरूका अनुसार, यसले विद्यालयमा शिक्षकको अभाव न्यूनीकरण गर्नुका साथै सिकाइको गुणस्तरमा दीर्घकालीन सुधार ल्याउनेछ । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम निर्माण र व्यवहारिक कार्यान्वयनमा निरन्तरता दिँदै आएको छ ।

“गुणस्तरीय शिक्षा, योग्य शिक्षक र पारदर्शी पदपूर्तिको सुनिश्चितता“ भन्ने नारालाई व्यवहारमा उतार्दै बेलडाँडीले लिएको यो कदम शिक्षा क्षेत्रमा अनुकरणीय प्रयासको रूपमा हेरिएको छ ।

ताजा खबर

बेलडाँडीमा जनप्रतिनिधिको जिम्मेवारीबोधबारे प्रश्न ः प्रमुख रानाको एक्लो तर दृढ नेतृत्व

विमल धामी बेलडाँडी १५ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको इच्छा, आवश्यकता...

महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता साउन १५ महेन्द्रनगर कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित...

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?