बेलडाँडीमा शिक्षा सुधारतर्फ ऐतिहासिक कदम ः निजी शिक्षकका लागि लाइसेन्स अनिवार्य

बिमल धामी, बेलडाँडी ।

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र व्यवस्थापन सुनिश्चित गर्न बेलडाँडी गाउँपालिकाले “निःशुल्क शिक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२” सार्वजनिक गरेको छ ।

गाउँ कार्यपालिकाबाट असार ३२ गते स्वीकृत उक्त कार्यविधि शुक्रबार सार्वजनिक गरिएको हो । यस कार्यविधिको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरूमा तहगत र विषयगत शिक्षक अभाव हटाउँदै शिक्षण सिकाइ प्रक्रियालाई सशक्त बनाउनु हो ।

निजी स्रोतबाट शिक्षक नियुक्त गर्दा अब शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिमको लाइसेन्स अनिवार्य गरिने छ । यो व्यवस्था शिक्षक छनोटमा पारदर्शिता र योग्यता सुनिश्चित गर्ने उद्देश्यले गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ । कार्यविधि संविधानको धारा २२६९१० र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२९२० बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै तयार पारिएको हो ।

छ भागमा विभाजित कार्यविधिमा प्रारम्भिक व्यवस्था, शिक्षक व्यवस्थापन र मापदण्ड, कोटा निर्धारण, पदपूर्ति प्रक्रिया, सेवाशर्त, अनुदान र विविध व्यवस्थाहरू समेटिएका छन् ।

परिच्छेद १ः प्रारम्भिक व्यवस्था, परिच्छेद २ः शिक्षक व्यवस्थापन, मापदण्ड, कोटा वितरण, परिच्छेद ३ः शिक्षक विज्ञापन तथा पदपूर्ति, परिच्छेद ४ः सेवाशर्त तथा सुविधा, परिच्छेद ५ः विद्यालय सञ्चालन तथा अनुदान, परिच्छेद ६ः विविध व्यवस्था रहेको छ ।

शैक्षिक सरोकारवाला, शिक्षक संघ तथा विद्यालय प्रशासनले कार्यविधिको खुलेर स्वागत गरेका छन् । उनीहरूका अनुसार, यसले विद्यालयमा शिक्षकको अभाव न्यूनीकरण गर्नुका साथै सिकाइको गुणस्तरमा दीर्घकालीन सुधार ल्याउनेछ । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम निर्माण र व्यवहारिक कार्यान्वयनमा निरन्तरता दिँदै आएको छ ।

“गुणस्तरीय शिक्षा, योग्य शिक्षक र पारदर्शी पदपूर्तिको सुनिश्चितता“ भन्ने नारालाई व्यवहारमा उतार्दै बेलडाँडीले लिएको यो कदम शिक्षा क्षेत्रमा अनुकरणीय प्रयासको रूपमा हेरिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?