शुक्रबारदेखि महेन्द्रनगर खुलामञ्चमा डे–नाईट मेला 

सञ्जय महर, साउन ९ 

कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा डे–नाईट मेला संचालन हुन लागेकोे छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि डे–नाईट मेला संचालन हुन लागेकोे होे ।

सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजना, भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापिक र भीमदत्त नगरपालिका स्थानीय सरकारको सरक्षकत्वमा साँस्कृतिक मेला हुन लागेको जनाएको छ । ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला संचालन हुन लागेको छ । सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चिमको कला, संस्कृति सरक्षणका लागि मेला आयोजना गरिएको बताए । मेलामा २५ स्टलमा विभिन्न व्यवसायीक बस्तु तथा सेवा रहेका छन ।

उनले मेलाको साँझ ६ बजेतिर औपचारिक उद्घाटन भीमदत्त नगरका उपमेयर निलम लेखकले गर्ने कार्यक्रम रहेको बताए । ‘यस पटक हामीले पहिलो पटक दिउँसो र केही रातीसम्म मेला संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिबिधी समेत चलायमान हुनेछ ।’

प्रति एक टिकेट बिक्रि बाफत नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई अक्षष कोष बनाउन २रुपैया र अपाङ्गताको हित सरक्षणका लागि पनि २ रुपैया छुट्याईने बताए ।

यस क्षेत्रबाट थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी भएकाले उनीहरुको सम्मान र जिल्लाका क्रिकेट बृद्धि विकासका लागि क्रिकेट संघलाई नै पार्किङ्ग जिम्मा दिएको सो बाफतको रकम क्रिकेट संघलाई नै दिईने छ । भावना एम्युजमेन्ट प्रालिका मार्केटिङ्ग निर्देशक तेज कार्कीले मेलाबाट मनोरञ्जनका साथै आर्थिक, साँस्कृृतिक बृद्धि विकासमा टेवा पुग्ने बताए ।

मेला साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाटै प्रस्तुती हुने बताए । उनले स्थानीय कलाकारको प्रर्बद्धनदेखिका कार्यक्रम हुने बताए । २९साउनसम्मै संचालन हुने मेला अवलोकनका लागि सर्वधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ५०रुपैया निर्धारण गरिएको छ ।

 

 

ताजा खबर

बेलडाँडीमा जनप्रतिनिधिको जिम्मेवारीबोधबारे प्रश्न ः प्रमुख रानाको एक्लो तर दृढ नेतृत्व

विमल धामी बेलडाँडी १५ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको इच्छा, आवश्यकता...

महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता साउन १५ महेन्द्रनगर कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित...

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?