शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपालले शान्ति निकेतन माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपालकी अध्यक्ष चाँदनी ऐरले बुधबार एक कार्यक्रमका विच जेहेन्दार, गरिब, विपन्न दलित, आदिवासी जनजाती समुदायका विद्यार्थीलाई स्कुले झोला वितरण गरेको बताईन । उनका अनुसार कक्षा १ देखि ३ सम्म अध्ययनरत ६२ विद्यार्थीलाई झोला वितरण गरेको बताईन । झोला वितरण कार्यक्रममा धुम्रपान निषेधका अभियन्ता मदन चन्दले विद्यार्थीलाई सहयोगका साथ कुलतबाट बताउनुपर्नेमा जोडदिए । शान्ति निकेतन माविका प्रद्यानाध्यापक पुष्पराज ओझाले झोला वितरणसंगै विद्यार्थीलाई किताब बोक्न सहज हुने, यसले पठन पाठनमा टेवा पुग्ने बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले विद्यार्थीलाई अभिभावक, शिक्षक, विद्यालय समुदायले शुरुवाती चरणदेखि अनुशासनमा राख्नुपर्ने बताए । शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्टले समाजसेवी महिला नेतृ चाँदनी ऐरबाट विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यले गरिएको गरिएको समाजिक कार्यबाट विद्यार्थीको अध्ययनमा सहयोगी हुने बताए । अध्यक्ष भट्टले सामुदायिक विद्यालय बृृद्धि विकासका लागि सरोकारवाला यसरी नै समाजिक काममा हातेमालो गर्नुपर्ने बताए ।

 

ताजा खबर

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?