एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८

कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा शिक्षा(एसईई) उत्र्तिण विद्यार्थीलाई सम्मान गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले एसईई उत्र्तिण विद्यार्थीलाई सम्मान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८१ चैत्रमा लिएको एसईई परीक्षामा सहभागि एलबिएका १सय ६१ विद्यार्थीलाई सम्मान गरेको विद्यालयले जनाएको छ । शनिबार एक कार्यक्रमका विच अभिभावक सहित विद्यार्थीलाई प्रमाण पत्र दोसल्ला ओेढाएर सम्मान गरेको हो । लिटिल बुद्ध एकेडेमी(एलबिए)का प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीको हौसला प्रदानका साथै अभिभावकले आफ्ना सन्तानले ल्याएको जिपिए शैक्षिक स्तरबारे जानकारी गराउन सम्मान गरेको बताए । प्रिन्सिपल मौनीका अनुसार ‘ए’प्लस ग्रेट ल्याउने ४१, ‘ए’ ग्रेट ल्याउने ७०, ‘बि’प्लस ग्रेट ल्याउने ४१ र ‘बि’ ग्रेट ल्याउने ९ विद्यार्थीका अभिभावकको उपस्थितिमा सम्मान बधाई तथा सम्मान ज्ञापन गरिएको छ । प्रिन्सिपल मौनीले कञ्चनपुर जिल्लामै ‘ए’ प्लस ग्रेट ल्याउने विद्यार्थी एलबिएकै भएको बताउँदै आगामी बर्षमा थप स्तरिय एव सत प्रतिशत नतिजा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन । यसरी विद्यालयले उत्र्तिण विद्यार्थीलाई अभिभावक, शिक्षककै उपस्थितिमा बधाई तथा धन्यवाद कार्यक्रमले थप विद्यार्थीलाई आगामी शैक्षिक यात्राका लागि उत्साह थपिदिएको बताईरहेका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका भीमदत्त नगरपालिका शिक्षा, युवा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले एलबिए जिल्लामै अब्बल विद्यालय भएकाले आगामी दिनमा स्तरिय सहित सत प्रतिशत नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन । प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले एलबिएले उत्कृष्ट विद्यालय भएको बताए । जिसस प्रमुख बोहराले विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक चौकोणात्मक मेहनतको उत्कृष्ट फल पाईएको बताए । लिटिल बुद्ध एकेडेमी(एलबिए) व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक,अभिभावक, विद्यार्थी, सरोकारवालाको सहभागिता रहेको थियो । विद्यार्थीले विभिन्न साहित्य, साँस्कृतिक एव कला प्रस्तुत गरेका थिए ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?