खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५

कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा बुधबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । विश्व भलिबल दिवसको अवसर पारेर भलिबल प्रशिक्षण केन्द्रमा समेत प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्मुख अतिथि नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरकसिह धामीले प्रतियोगिताले भलिबलका खेलाडीमा उत्साह थप्नेदेखिका नयाँ खेलाडी उत्पादन हुने बताए । भलिबल संघका बरिष्ठ उपाध्यक्ष धामीले भलिबल खेलकुद बृद्धि विकासका लागि सरकारी निकायबाट सहयोग अपरिहार्य रहेको बताए । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम केन्द्र उपनिर्देशक समेत रहेका मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले गाँउ गाँउमा भलिबलका खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले जिल्लाभरी भलिबलमयी बनाउनका प्रतियोगिता सार्थक हुने बताए । अध्यक्ष मौनीले खेलाडीको हौसलादेखि गाँउ गाँउबाट भलिबलका खेलाडी उत्पादनदेखि खेलको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभागिय, आयोजक सहित १२टिमविच प्रतिस्पर्धा हुने बताए । महासचिव विष्टका अनुसार प्रथम पुरस्कार नगद १लाख १हजार १११, द्वितिय पुरस्कार ५१ हजार १सय ११, तृतिय पुरस्कार २१ हजार १सय ११ सहित उत्कृष्ट खेलाडीलाई नगद सहित मेडल, प्रमाण प्रदान गरिनेछ । उद्घाटनका दिन नेपाली सेना नम्बर २५बाहिनीको टिम र राम जानकी मन्दिर समिति तिलाचौरको टिमविच प्रतिस्पर्धा भएको थियो । १सेट मात्रै भएको प्रतियोगिता सो सेट सेनाले जितेको थियो ।

ताजा खबर

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?