खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५

कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा बुधबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । विश्व भलिबल दिवसको अवसर पारेर भलिबल प्रशिक्षण केन्द्रमा समेत प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्मुख अतिथि नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरकसिह धामीले प्रतियोगिताले भलिबलका खेलाडीमा उत्साह थप्नेदेखिका नयाँ खेलाडी उत्पादन हुने बताए । भलिबल संघका बरिष्ठ उपाध्यक्ष धामीले भलिबल खेलकुद बृद्धि विकासका लागि सरकारी निकायबाट सहयोग अपरिहार्य रहेको बताए । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम केन्द्र उपनिर्देशक समेत रहेका मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले गाँउ गाँउमा भलिबलका खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले जिल्लाभरी भलिबलमयी बनाउनका प्रतियोगिता सार्थक हुने बताए । अध्यक्ष मौनीले खेलाडीको हौसलादेखि गाँउ गाँउबाट भलिबलका खेलाडी उत्पादनदेखि खेलको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभागिय, आयोजक सहित १२टिमविच प्रतिस्पर्धा हुने बताए । महासचिव विष्टका अनुसार प्रथम पुरस्कार नगद १लाख १हजार १११, द्वितिय पुरस्कार ५१ हजार १सय ११, तृतिय पुरस्कार २१ हजार १सय ११ सहित उत्कृष्ट खेलाडीलाई नगद सहित मेडल, प्रमाण प्रदान गरिनेछ । उद्घाटनका दिन नेपाली सेना नम्बर २५बाहिनीको टिम र राम जानकी मन्दिर समिति तिलाचौरको टिमविच प्रतिस्पर्धा भएको थियो । १सेट मात्रै भएको प्रतियोगिता सो सेट सेनाले जितेको थियो ।

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?