महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी
कञ्चनपुर २२ असार ।
कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी सुक्का बन्दरगाह र निर्माणाधिन मझागाँउ विमान स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत बर्ष महाकाली नदीको वाढीले भत्किएको गाईडबण्ड, निर्माणाधिन मझागाँउ विमान स्थल र दोधाराचाँदनी सुख्खा बन्दरगाहकोे स्थलगत निरीक्षण गरेका हुन ।
सरकारले भीमदत्त नगरपालिका ११, १२ र १३ वडालाई विपद संकट घोषणा गरेपछि गत जेठदेखि नेपाली सेनाले भत्किएको तटबन्ध र महाकाली नदी सिधा धारमा बगाउने काम गरिरहेको छ । स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले भत्किएको गाईडबण्डको काम सन्तोषजनक भईरहेको र समयमै गुणस्तरिय निर्माण काम सम्पन्न गर्न निर्देशन दिएका छन । गृहमन्त्री लेखकले बस्ती जोगाउनका लागि अहोरात्र खटिने सेनाका जवानलाई समेत धन्यवाद दिएका छन । गृहमन्त्री रमेश लेखकलाई सेनाका ईन्जिनियर एव कर्नेल निशान्त क्षेत्रीले तटबन्ध र नदीलाई जिरो प्वाईन्टबाट सिधा धारमा बगाउने काम भईरहेको बारे जानकारी गराएका थिए । गृहमन्त्री लेखकले भत्किएको गाईडबण्ड पुर्ननिर्माण भएसंगै तटिय क्षेत्रका जनता विपद मुक्त हुने विश्वास व्यक्त गरेका छन ।
स्थानीयले भुजेला खोला समेत महाकाली नदीमा सिधा धारमा बगाउनुपर्ने माग अघि सारेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा
९झक्कास०ले भत्किएको तटबन्ध पुर्ननिर्माण, महाकाली नदीसंगै भुजेला खोला सिधा धारमा बगाउनुपर्ने बताए । गाईडबण्डको स्थलगत अनुगमनसंगै गृहमन्त्री लेखकले दोधाराचाँदनीको सुक्का बन्दरगाह स्थलको समेत अनुगमन गरेका छन । केही समय अघि सुक्का बन्दरगाह निर्माण स्थलमा रुख काटेर जमिन खाली गराईएको थियो । गृहमन्त्री लेखकलाई कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एव उद्योगी तेज बहादुर चन्दले सुक्खा बन्दरगाहको कामकाज अघि बढाउन सरकारले तदारुकता देखाउनुपर्ने ध्यानाकर्षण गराएका छन । गृहमन्त्री लेखकले सुक्का बन्दरगाह निर्माणका लागि टेण्डर भईसकेको अब निरन्तर कामकाज अघि बढने विश्वास व्यक्त गरेका छन । गृहमन्त्री लेखकले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितका सुरक्षा प्रमुखसंग जिल्लाको शान्ति सुरक्षादेखि विपद् व्यवस्थापन तयारीका विषयमा समेत जानकारी लिएका थिए । गृहमन्त्री लेखकले शान्ति सुरक्षा, सुशासनदेखि विपद् व्यवस्थापनको पुर्व तयारीमा जुटन निर्देशन दिएका थिए । गृहनगर पुगेका गृहमन्त्री रमेश लेखकलाई नेता कार्यकर्ताहरुले जिल्लाको विकासदेखि विपद व्यवस्थापनका लागि आवश्यक माग अघि सारेका छन । नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ मिना कुँवरले भेटघाटका क्रममा नेता कार्यकर्ताहरुले गृहमन्त्री लेखक समक्ष राखेका विषयमा सरकारी निकायबाट सम्बोधन गरिने विश्वास दिलाएको बताईन । अनुगमनमा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीको समेत सहभागिता रहेको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?