कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना
कञ्चनपुर २२ असार ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक संस्थागत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मान पुरस्कार प्रदान गरिएको छ । जिल्लाकोे उत्तरी भेग भीमदत्त नगरपालिका १० जिमुवा–तिलकेनीको होलीफेम्ली ईङलिश मिडियम स्कुललाई उत्कृष्ट शैक्षिक संस्थाकोे सम्मान पुरस्कार प्रदान गरिएको हो ।
शिक्षा क्षेत्रमा कार्यरत काठमाण्डौँको चन्द्रलोक प्रतिष्ठानले होलीफेम्ली ईङलिश मिडियम स्कुल सहितका देशका विभिन्न विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाकोे पुरस्कार प्रदान गरेकोे जनाईएको छ ।
शनिबार प्रतिष्ठानले काठमाण्डौँमै आयोजना गरेको ‘शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका उपाया’ विषयक बृहद सरोकारवालासंगको छलफल एव सम्मान कार्यक्रममा कञ्चनपुर भीमदत्त नगरको पनि होलीफेम्ली स्कुललाई सम्मान पुरस्कृत गरेको जनाएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले पछिल्ला दिनहरुमा सरकारी तथा निजी क्षेत्रबाट संचालित क्षेत्र समग्र औषधमा धरासायी बनिरहेका बेला निजी क्षेत्रबाट शिक्षाकोे चौतर्फि बृद्धि विकासका भूमिका निर्वाह गरेको होलीफेम्ली सहितका देशभरका दर्जनौँ विद्यालयलाई सम्मानित एव पुरस्कृत गरेको बताए । प्रमुख अतिथि समेत रहेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, बिशिष्ठ अतिथि पुर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्र्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा सहितका अतिथिले होलीफेम्लीका प्रिन्सिपल नारायण दत्त भट्टलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै होलीफेम्लीका प्रिन्सिपल नारायण दत्त भट्टले विद्यालयले विद्यार्थीको चौतर्फि बृद्धि विकासका लागि शुरुवाती चरणदेखि भूमिका निर्वाह गर्दै आएको बताए । ‘हाम्रो विद्यालयमा संस्थापक भुपाल सिह विष्ट ज्यू, विद्यालय, समग्र शिक्षक, कर्मचारीले गरेको मेहनतको मुल्याङकन चन्द्रलोक प्रतिष्ठानले गरेको रहेछ, ‘प्रिन्सिपल भट्टले भने, ‘यो सम्मानले थप विद्यालयलाई समाजिक जिम्मेबारी बोध गराएको छ ।’ यस अघि पनि चन्द्रलोक प्रतिष्ठान सहितका सरकारी तथा निजी क्षेत्रबाट विद्यालय सम्मान एव पुरस्कृत हुँदै आएको छ ।
होलीफेम्ली ईङलिश मिडियम स्कुलका असिस्टेन्ट म्यानेजर महादेव भट्टले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मुल्याङकन गर्दै चन्द्रलोक प्रतिष्ठानले गरेको सम्मानबाट थप जिम्मेबारी थपिएको बताए । ‘हामीले विद्यालयका संस्थापक भुपाल सिह विष्ट ज्यूको योजना, निर्देशन अनुरुप केबल कक्षाकोठामा मात्रै पठन पाठन नभई अतिरिक्त कृयाकलापमा समेत विद्यार्थीलाई सहभागि गराउँदै आएका छौँ, ‘उनले भने, ‘विद्यालयबाटै क्रिकेटका अन्र्तराष्ट्रिय खेलाडी जन्मिएका छन, जसले विद्यालय मात्रै होईन समग्र राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान गराएको छ ।’ भट्टले विद्यालय संचालक समिति, शिक्षक, कर्मचारी सहित विद्यार्थी, अभिभावक, सरोकारवालाको मेहनत, सहयोग,समन्वयले विद्यालयले निरन्तर उपलब्धी हासिल गर्न पुगेको बताए । भट्टले आगामी दिनमा समेत विद्यालयले शैक्षिक सहित समाजिक क्षेत्रमा थप स्तरिय भूमिका निर्वाह गर्ने उनले विश्वास दिलाएका छन ।

ताजा खबर

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?