अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना
कञ्चनपुर १३ असार ।
कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराएको छ ।
शुक्रबार भीमदत्त–२ मा रहेको अरुणीमा विद्या मन्दिरले पाठ्यपुस्तक रहित शुक्रबारको दिन १ (एक) दिने निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको हो । दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर,लाइफ लाइन प्याथोलोजी,आधारभुत स्वास्थ्य कार्यालय वडा नं.०२ कार्यालय संगको सहकार्यमा डा. विवेक सोनी र डा. दिपेन्द्र कुमार रावतले अभिभावक तथा विद्यार्थी लगाएर कुल १५५ जनाको स्वास्थ्य परिक्षण गरेको विध्यालयका संस्थापक डम्मर कार्कीले बताएका छन । एक दिने शिविरमा सुगर, रक्तचाप,नाक,कान,घाटी,दातँ,े आदिको प्राथमीक चेकजाँच गराईएको थियो । यसैगरी डा.विवेक सोनीका अनुसार बच्चाहरुमा टाउको, आँखा, पेट दुख्ने समस्या बढि देखिएको बताएका छन । विद्यालयको पाठ्यपुस्तक रहित शुक्रबारमा बिद्यार्थीहरुलाई नाचगान, कला संस्कृति,प्रयोगात्मक,रचनात्मक क्षमताको विकास, सगै विद्यार्थीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिम निरन्तर लागि रहेको संस्थापक कार्कीले बताएका छन । बालबालिकाहरुको शिक्षामा मात्र नभई स्वास्थ्यमा पनि ख्याल गर्ने गरी सञ्चालनमा ल्याएको कार्यक्रमबाट अभिभावकहरुले खुसी हुदै विद्यालय टिमलाई धन्यवाद दिईरहेका छन ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?