प्रचण्डको भूमिकाले दैलेख ग्यास अन्वेषण परियोजना जीवन्त बन्दै

काठमाडौं ०७ असार ।
नेपालमा सम्भावित ऊर्जा क्रान्तिको ढोका खोल्न सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषणमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रिय भूमिकाले स्थगित परियोजनालाई पुनः गतिको बाटोमा ल्याएको छ।

१६ असार २०७६ मा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एंव माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायतका काम सम्पन गरेपछि कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चीन फर्किएको थियो ।

सन् २०२२ सम्म अन्वेषणको काम सक्ने गरी सम्झौता गरिएको भए पनि कोरोना महामारीका कारण हुन सकेन । त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो तर त्यसबीचमा पनि अन्वेषणको काम हुन सकेको थिएन।

स्थगित अवस्थामा रहेको सो अन्वेषण कार्यलाई अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रुपमा २०८० जेठ ९जुन १४, २०२३० मा दैलेखको जलजलेस्थित ग्यास स्रोत स्थलको निरीक्षण गरेपछि पुनः गति दिइयो। सो अवसरमा उहाँले ग्यास अन्वेषण, अनुसन्धान तथा प्राविधिक प्रक्रियाको स्थलगत अवलोकन गर्नुभएको थियो।

अध्यक्ष प्रचण्ड दैलेखबाट काठमाडौं फर्किएपछि चिनियाँ पक्षसँग उच्चस्तरीय संवाद गरी अन्वेषणको कामलाई तीव्रताका साथ अघि बढाउने वातावरण बनाउनुभएको हो। सोही अनुसार २०८१ वैशाख २३ गते ९मे ५, २०२४० प्रचण्डको निर्देशन बमोजिम उहाँ नेतृत्वको सरकारका उद्योगमन्त्री दामोदर भण्डारीले ड्रिलिङ कार्यको पुनः उद्घाटन गर्नुभयो। त्यसपछि यो योजनालाई अन्तिम चरणतर्फ अघि बढाइएको हो।

त्यस्तै, २०८२ जेठ ४ गते ९जुन ४, २०२५०मा पनि अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा पुनः उक्त स्थलको भ्रमण गर्नुभयो। निरीक्षणपश्चात उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै, ड्रिलिङ क्रममा आएको ग्यासको नमूना खानी तथा भूगर्भ विभागले परीक्षणका लागि चीन पठाएको र उक्त स्रोत व्यावसायिक रूपमा उपयोग गर्न मिल्ने कि नमिल्ने भन्ने नतिजा कुरिनुपर्ने बारे आफूले विस्तृत रूपमा बुझ्ने दैलेखमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको थियो।

पछिल्लो अद्यावधिक अनुसार, चिनियाँ प्रयोगशालाको प्रारम्भिक परीक्षण अनुसार दैलेखमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास फेला परेको औपचारिक जानकारी खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको छ।

यद्यपि यो प्रारम्भिक अनुमान मात्र हो। यदि नमूनाको परीक्षण रिपोर्टले स्रोत व्यावसायिक उत्खनन योग्य देखायो भने, यो ग्यासले नेपालको ऊर्जा सुरक्षामा ऐतिहासिक योगदान दिन सक्ने अनुमान गरिएको छ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?