ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ ।
कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई अभिमुखिकरण गराईएको छ । मंगलबार भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई अभिमुखिकरण गराईएको हो । ब्राईट लाईफ एजुगेशन प्रालिले भारत देहरादुनको जिआरडी व्यवस्थापन तथा प्राविधिक कलेजको संयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे यहाँका सरोकारवालालाई अभिमुखिकरण गराईएको जनाएको छ । ब्राईट लाईफ एजुगेशन प्रालिका प्रबन्धक रविन भट्टले विद्यार्थी, अभिभावक, शिक्षक लगायतका सरोकारवालासंग शिक्षाको भविष्यबारे अभिमुखिकरण गराएको बताए । उनका अनुसार ब्राईट लाईफ एजुगेशन र जिआरडी व्यवस्थापन तथा प्राविधिक कलेजले प्रदान गर्दै आएको शिक्षा बारे जानकारी गराएको बताए । ‘हाम्रो ब्राईट लाईफ एजुगेशनसगे जिआरडी ईन्सिच्युटसग सम्झौता भएको छ, ‘उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि देहरादुन जान चाहने विद्यार्थीलाई परामर्स सहजिकरण गछौँ ।’ उनका अनुसार कक्षा १२ उर्तिणपछि थप उच्च शिक्षा अध्ययनका लागि जस्तै विज्ञान, प्रविधि, व्यवस्थापन, आर्ईटी सहितका शिक्षा हासिलका लागि नेपाल९महेन्द्रनगर०बाटै सहजिकरण गर्दैै आएको उनले बताए । कार्यक्रममा ब्राईट लाईफ एजुगेशन प्रालिका प्रबन्धक रविन भट्ट र जिआरडी व्यवस्थापन तथा प्राविधिक कलेजका प्रशासनिक प्रबन्धक रणेदिप सिहले शिक्षा बारे अभिमुखिकरण गराएका छन । कार्यक्रममा कञ्चनपुरका विभिन्न विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक एव सरोकारवाला सहभागि भएका थिए ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?