महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख
कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको छ ।

वर्षा याम शुरु हुनासाथ बाढीको उच्च जोखिममा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत महाकाली नदीमा नेपाली सेनाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर संगै निड्स नेपाल, एनएनएसडव्ल्यूए, मर्सिकोर, नेपाल रेडक्रस लगायतका विभिन्न संघ संसथाहरुको सहकार्यमा सयुक्त रुपमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरेको हो । वर्षेनी आउने बाढीका कारण नदी तटीय क्षेत्रमा ठुलो धनमालको क्षती बेहर्नु पर्ने हुदा यसबाट जोगीन कसरी पहल गर्ने भन्ने विषयमा सर्व साधारण लाई जनचेतना जगाउन विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको हो । भोलीका दिनमा कुनै विपद आउछ भने हामे षमता के छ हामीले विपदको सामना कसरी गर्न सक्छौं र विपदबाट हुने क्षती कसरी कम गर्न सक्छौं भनेर परिक्षण स्वरुप कृत्रिम नमुना अभ्यास गरिएको आयोजक संस्था निडस नेपालका प्रतिनीधि ईश्वर उपाध्यायले वताउनु भयो । साथै उहाले समुदायमा जनचेतना जगाउन र विपद आए पछी कसरी सामना गर्ने भनेर सिकाउन पनी कृत्रिम नमुना अभ्यास गरिएको उहाले वताउनु भयो ।

यसै गरि एनएनएसडव्ल्यूएमा कार्यरत राज कुमार सुनारले महाकाली नदीको तटीय क्षेत्रमा वर्षेनी बाढी तथा डुवानको समस्या आउने गरेको हुदा यसबाट समुदायमा कसरी बचाउन सकिन्छ भनेर प्रत्येक वर्ष विभिन्न संघ सस्थाहरुले सयुक्त कृत्रिम नमुना अभ्यास गर्ने गरेको वताउनु भयो । साथै उहाले यस नमुना अभ्यासले विपदको समयमा समुदायलाई जोगाउन ठुलो भुमिका खेल्ने हुदा सबै पालिकाहरुले यस्ता कृयाकलापहरुलाई निरन्तरता दिनु पनी जरुररी रहेको समेत वताउनु भयो ।

कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले यस कृत्रिम नमुना अभ्यास बाट उद्धारमा खटिने कर्मचारीहरुको पुनर्ताजकी हुने र हामीले विपदको वेला घरायसी सामग्रीहरु बाट कसरी जिउधनको सुरक्षा गर्न सकिनछ भन्ने कुराको ज्ञान हासिल हुने वताउनु भयो । साथै उहाले यस नमुना अभ्यास बाट सिकेका कुराहरु लाई व्यवशारमा उतार्न सके मात्रै कार्यक्रमको उद्देश्य प्राप्ती हुने समेत वताउनु भयो ।

उक्त कार्यक्रममा बाढीको तथा प्राकृतिक प्रकोपको वेला जोखिममा परेका व्यक्तहिरुलाई कसरी उद्दार गर्ने, धाजनको क्षतीकम गर्न कसरी सावधानी अपनाउने, घाईतेलाई प्राथमिक उपचार दिई कसरी अस्पताल सम्म पुर्याउने भन्नेवारे नमुना प्रदर्शन गरिएको थियो ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?