महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख
कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको छ ।

वर्षा याम शुरु हुनासाथ बाढीको उच्च जोखिममा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत महाकाली नदीमा नेपाली सेनाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर संगै निड्स नेपाल, एनएनएसडव्ल्यूए, मर्सिकोर, नेपाल रेडक्रस लगायतका विभिन्न संघ संसथाहरुको सहकार्यमा सयुक्त रुपमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरेको हो । वर्षेनी आउने बाढीका कारण नदी तटीय क्षेत्रमा ठुलो धनमालको क्षती बेहर्नु पर्ने हुदा यसबाट जोगीन कसरी पहल गर्ने भन्ने विषयमा सर्व साधारण लाई जनचेतना जगाउन विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको हो । भोलीका दिनमा कुनै विपद आउछ भने हामे षमता के छ हामीले विपदको सामना कसरी गर्न सक्छौं र विपदबाट हुने क्षती कसरी कम गर्न सक्छौं भनेर परिक्षण स्वरुप कृत्रिम नमुना अभ्यास गरिएको आयोजक संस्था निडस नेपालका प्रतिनीधि ईश्वर उपाध्यायले वताउनु भयो । साथै उहाले समुदायमा जनचेतना जगाउन र विपद आए पछी कसरी सामना गर्ने भनेर सिकाउन पनी कृत्रिम नमुना अभ्यास गरिएको उहाले वताउनु भयो ।

यसै गरि एनएनएसडव्ल्यूएमा कार्यरत राज कुमार सुनारले महाकाली नदीको तटीय क्षेत्रमा वर्षेनी बाढी तथा डुवानको समस्या आउने गरेको हुदा यसबाट समुदायमा कसरी बचाउन सकिन्छ भनेर प्रत्येक वर्ष विभिन्न संघ सस्थाहरुले सयुक्त कृत्रिम नमुना अभ्यास गर्ने गरेको वताउनु भयो । साथै उहाले यस नमुना अभ्यासले विपदको समयमा समुदायलाई जोगाउन ठुलो भुमिका खेल्ने हुदा सबै पालिकाहरुले यस्ता कृयाकलापहरुलाई निरन्तरता दिनु पनी जरुररी रहेको समेत वताउनु भयो ।

कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले यस कृत्रिम नमुना अभ्यास बाट उद्धारमा खटिने कर्मचारीहरुको पुनर्ताजकी हुने र हामीले विपदको वेला घरायसी सामग्रीहरु बाट कसरी जिउधनको सुरक्षा गर्न सकिनछ भन्ने कुराको ज्ञान हासिल हुने वताउनु भयो । साथै उहाले यस नमुना अभ्यास बाट सिकेका कुराहरु लाई व्यवशारमा उतार्न सके मात्रै कार्यक्रमको उद्देश्य प्राप्ती हुने समेत वताउनु भयो ।

उक्त कार्यक्रममा बाढीको तथा प्राकृतिक प्रकोपको वेला जोखिममा परेका व्यक्तहिरुलाई कसरी उद्दार गर्ने, धाजनको क्षतीकम गर्न कसरी सावधानी अपनाउने, घाईतेलाई प्राथमिक उपचार दिई कसरी अस्पताल सम्म पुर्याउने भन्नेवारे नमुना प्रदर्शन गरिएको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?