दोधारा चाँदनी–१ मा विद्यालय भर्ना अभियान सुरु गर्न बैठक सम्पन्न

दोधाराचाँदनी, १८ बैशाख ।
हाल जारी शिक्षक आन्दोलनको पृष्ठभूमिमा समेत शिक्षा अभियान नरोकिने भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं। १ ले आगामी विद्यालय भर्ना अभियान २०८२ लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
वडा अध्यक्ष श्री बिक्रम चन्दको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अन्तर्गतका तीन सामुदायिक विद्यालयहरू — महाकाली आदर्श माध्यमिक विद्यालय, पशुपति आधारभूत विद्यालय र पूर्णागिरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, समाजसेवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकले शिक्षक आन्दोलनप्रति सम्मान जनाउँदै पनि बालबालिकालाई विद्यालयमा जोड्न समुदायकै सक्रिय सहभागितामा भर्ना अभियान अघि बढाउने निर्णय गरेको हो। बैठकमा हरेक विद्यालयको लागि भर्ना अभियान संयोजक समेत तोकिएको छ।
भर्ना अभियान संयोजकहरू यसप्रकार छन्स्
महाकाली आदर्श मावि – श्री तारा दत्त भट्ट एंव अध्यक्ष
पशुपति आधारभूत विद्यालय – श्री रघुविर भट्ट वि व्य स अध्यक्ष
पूर्णागिरी आधारभूत विद्यालय – तुलसी देवी ठकुरी एंव अध्यक्ष
बैठकले वैशाख १९ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णय गर्दै, टोलटोलमा स्वयंसेवक परिचालन गरेर विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गर्नेसमेत योजना बनाएको छ। साथै, ब्यानर, पोस्टर, उद्घोषणा जस्ता प्रचार सामग्रीमार्फत अभिभावकलाई सचेत गराउने र सामुदायिक समन्वयमा भर्ना कार्यलाई सफल बनाउने निर्णय गरिएको छ।
वडा अध्यक्ष बिक्रम चन्दले बैठक समापन गर्दै शिक्षा सबैको साझा उत्तरदायित्व भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै सरोकारवालालाई आ–आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गर्नुभयो।
अभियानको प्रगतिलाई मूल्यांकन गर्न आगामी बैसाख ३१ गते पुनः बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?