दोधारा चाँदनी–१ मा विद्यालय भर्ना अभियान सुरु गर्न बैठक सम्पन्न

दोधाराचाँदनी, १८ बैशाख ।
हाल जारी शिक्षक आन्दोलनको पृष्ठभूमिमा समेत शिक्षा अभियान नरोकिने भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं। १ ले आगामी विद्यालय भर्ना अभियान २०८२ लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
वडा अध्यक्ष श्री बिक्रम चन्दको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अन्तर्गतका तीन सामुदायिक विद्यालयहरू — महाकाली आदर्श माध्यमिक विद्यालय, पशुपति आधारभूत विद्यालय र पूर्णागिरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, समाजसेवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकले शिक्षक आन्दोलनप्रति सम्मान जनाउँदै पनि बालबालिकालाई विद्यालयमा जोड्न समुदायकै सक्रिय सहभागितामा भर्ना अभियान अघि बढाउने निर्णय गरेको हो। बैठकमा हरेक विद्यालयको लागि भर्ना अभियान संयोजक समेत तोकिएको छ।
भर्ना अभियान संयोजकहरू यसप्रकार छन्स्
महाकाली आदर्श मावि – श्री तारा दत्त भट्ट एंव अध्यक्ष
पशुपति आधारभूत विद्यालय – श्री रघुविर भट्ट वि व्य स अध्यक्ष
पूर्णागिरी आधारभूत विद्यालय – तुलसी देवी ठकुरी एंव अध्यक्ष
बैठकले वैशाख १९ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णय गर्दै, टोलटोलमा स्वयंसेवक परिचालन गरेर विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गर्नेसमेत योजना बनाएको छ। साथै, ब्यानर, पोस्टर, उद्घोषणा जस्ता प्रचार सामग्रीमार्फत अभिभावकलाई सचेत गराउने र सामुदायिक समन्वयमा भर्ना कार्यलाई सफल बनाउने निर्णय गरिएको छ।
वडा अध्यक्ष बिक्रम चन्दले बैठक समापन गर्दै शिक्षा सबैको साझा उत्तरदायित्व भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै सरोकारवालालाई आ–आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गर्नुभयो।
अभियानको प्रगतिलाई मूल्यांकन गर्न आगामी बैसाख ३१ गते पुनः बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?