स्थानीय सेवा ऐन जारी नभएपछि राष्ट्रिय स्तरका कर्मचारी संघ संगठनद्वारा मुख्यमन्त्री ज्ञापन

कञ्चनपुर, २८ चैत ।
सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै राष्ट्रिय स्तरका प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
बिहीबार सात निजामती कर्मचारीका सघ संगठनहरुले स्थानीय सेवा ऐन जारी गर्न माग मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका हुन ।
नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले निजामती कर्मचारी संगठन सहित सात संघ संगठनहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।
प्रदेश अध्यक्ष जोशीले स्थानीय तहमा कार्यरत सम्पूर्ण प्रकारका कर्मचारीहरुको अपनत्व हुने गरि ऐन तत्काल जारी गर्नुपर्ने अन्यथा नेपाल निजामती कर्मचारी संगठनले अन्य संगठन र युनियनलाई साथमा लिएर आन्दोलन गर्ने र सो बाट उत्पन्न परिस्थितिको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनी दिए । सुप प्रदेश बाहेक अन्य प्रदेशमा स्थानीय सेवा ऐन र नियमावली जारी भएको अवस्थामा सुप प्रदेशमा ढिलाई भईरहेको भन्दै ऐन पारित गराउनका लागि कर्मचारी संघ संगठन सडकदेखि आन्दोलनमा आउन बाध्य भएको मुख्यमन्त्री शाहको ध्यानार्कण गराएका छन ।
निजामती कर्मचारीहरुको आधिकारिक टे«ड यूनियन कैलालीका अध्यक्ष विमल प्रकास जोशी, एकीकृत सरकारी कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष जयदेव जोशी, नेपाल निजामती कर्मचारी संगठन सुप प्रदेशका अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी यूनियन प्रदेश अध्यक्ष धर्म बहादुर देउवा,एकीकृत सरकारी कर्मचारी संगठन प्रदेश अध्यक्ष जनकराज जोशी,नेपाल निजामती कर्मचारी यूनियन कैलाली अध्यक्ष खेमराज जोशी,नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा प्रदेश सभामा दर्ता भएको विधेयक यथाशिघ्र कार्यान्वयन गरेर स्थानीय तहका कर्मचारीको बृद्धि विकासमा जोडदिएका छन । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाहीले ऐन पारित विषयमा अघि बढ्ने बचन दिएका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?