स्थानीय सेवा ऐन जारी गराउन कञ्चनपुरका निजामती कर्मचारीले प्रदेश सरकारलाई दवाव दिने

कञ्चनपुर, चैत्र २२ ।
स्थानीय सेवा ऐन जारी गराउनका लागि कञ्चनपुरका क्रियाशिल निजामती कर्मचारीहरुको टे«ड यूनियनले दवावमुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार जिल्लाका चार निजामती कर्मचारीहरुको टे«ड यूनियनको बैठकले ऐन जारी गराउन प्रदेश सरकारलाई दवाव दिने भएको हो । नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला उपाध्यक्ष अनिल चन्दले निजामती कर्मचारी यूनियन सहित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले दवावमुलक कार्यक्रम गर्ने बतााए । नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्दले चैत्रभित्रै चारै संगठनले प्रदेश सरकारलाई ऐन जारी गराउन संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने बताए । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य कृष्ण विष्टले कर्मचारीहरुको हकहितका लागि संयुक्त रुपमा प्रदेश सरकारलाई दवाव आवश्यक रहेको औल्याए । सुप प्रदेश सरकारले ल्याएको स्थानीय कर्मचारीको सेवा सर्तका ऐन संसदबाट पारित गराउन पक्ष विपक्षमा आवाज उठ्दै आएको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?