आमरण अनसनमा बसेका खत्री बिरामी

सञ्जु महर
कञ्चनपुर, २२ चैत्र ।
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी स्वतन्त्र विद्यार्थी यूनियन९स्ववियु० निर्वाचनको माग अघि सारेर आमरण अनसनमा बसेका छत्र खडका बिरामी भएका छन । स्वतन्त्र विद्यार्थी आवाज समुहका विद्यार्थीले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको माग अघि सारेर आमरण अनसनमा बसेका थिए । खडका शुक्रबार दिउँसो अनसन स्थलमै बेहोस भएपछि महाकाली अस्पतालमा उपचार भईरहेको छ । स्वतन्त्र विद्यार्थी आवाज समुहका संयोजक छत्र खडकाले बिहीबारदेखि केन्द्रीय क्याम्पसमा अनसनमा बसेको बताए । उनले २७ चैत्रमा तोकिएको स्ववियु निर्वाचन क्याम्पस प्रशासनका कारण नगर्ने षड्यन्त्र भईरहेका बेला आम विद्यार्थीको हकहितका लागि दवाव दिन आमरण अनसनमा बसेको बताए ।
‘हाम्रो माग निर्धारित तोकिएकै समयमा निर्वाचन होस भन्ने हो, ‘यसमा क्याम्पस प्रशासनले चासो नै देखाएको छैन ।’
यस अघि अखिल क्रान्तिकारी, अनेरास्ववियु र प्रजातान्त्रिक विद्यार्थी संघ संगठनहरुले समेत समयमै निर्वाचनको माग अघि सारेर दवावमुलक कार्यक्रम गरेको थियो । क्याम्पस प्रशासनले १८चैत्र उम्मेदवारी दर्ताको अधिल्लो दिन नेकपा एकीकृत समाजवादी र विप्लव निकट विद्यार्थीले वास्तविक विद्यार्थीलाई निर्वाचन प्रकृयाबाट बञ्चित गराएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रकृया स्थगित गरेको जनाएको छ ।
डेढ दशक अघि स्थापना भएको सुपविको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन । केन्द्रीय क्याम्पसका स्ववियु सभापति विश्वविद्यालय सिनेट सदस्य हुने प्रावधान भएकाले क्याम्पस प्रशासन, विश्वविद्यालयका पदाधिकारीकाले समेत स्ववियु निर्वाचन नचाहेको उपज वास्तविक विद्यार्थीको नाम छुटाएर विद्यार्थी आन्दोलित बनाएको समेत चर्चा हुन थालेको छ । माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने स्वतन्त्र विद्यार्थी आवाजले जनाएको छ । सुपवि केन्द्रीय क्याम्पसमा चुनावका लागि १० विद्यार्थी संघ संगठन दर्ता भएका थिए ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?