विप्लव र समाजवादीका विद्यार्थी संगठनद्वारा सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, निर्वाचन प्रभावित

कञ्चनपुर, १७ चैत्र

२७ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सहितका १५आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु)को निर्वाचनको मिति तय गरिएको छ । कञ्चनपुर महेन्द्रनगर केन्द्रीय कार्यालय र केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएको छ । १८चैत्रमा उम्मेदवारी दर्ताको कार्यतालिका पुर्व सन्ध्यामा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल समाजवादीले संयुक्त रुपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन । अनेरास्ववियु र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट बञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेको जनाएका छन । अनेरास्वयुका संयोजक प्रज्वल कुँवर र अखिल समाजवादीका अध्यक्ष अनिल सीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन भाँडनै लागि क्याम्पस प्रशासनले बदनियत रुपमा विद्यार्थीको नाम छुटाएको आरोप लगाएका छन । छात्रबृति पाएका विद्यार्थीको नाम समेत मतदाता नामावलीमा समावेस नहुँदा निर्वाचन स्वच्छ निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई मतदान प्रकृयामा समावेसको सुनिश्चिता नहुँदासम्म तालाबन्दी यथावत रहने बताएका छन । अनेरास्ववियू संयोजक प्रज्वल कुँवरले वास्तविक विद्यार्थीलाई मतदान प्रकृयाबाटै छुटाउने कार्यको बिरोध स्वरुप तालाबन्दी गरिएको बताए । ‘हाम्र्रो उदेश्य चुनाव भाँडने होईन, चुनावमा योग्य विद्यार्थी छुटाउँदा आपत्ती हो, ‘उनले भने, ‘छात्रबृति पाएका विद्यार्थी पनि छुट्नु यस्तो विडम्बना छ ।’ सुदूरपश्चिम विश्वविद्यालय निर्वाचन संयोजक कर्णदेव भट्टले विश्वविद्यालयका सबै संकायबाट प्राप्त नामावलीका आधारमा समितिले अन्तिम मतदाता नामावली प्रकासन गरेको बताए । उनका अनुसार ३ हजार ४सय ६१मतदाता नामावली टुङगो लगाएको बताए । ‘ अन्य विभाग भन्दा ईन्जिनियर संकाय तर्फ प्रवेस परीक्षाकै बेला ५०प्रतिशत विद्यार्थीले छात्रबृति पाउँछन, ‘उनले भने, ‘विद्यार्थीले छात्रबृति पाएपनि भर्ना नहुँदा विभागबाट निर्वाचन समितिलाई नामावली प्राप्त नभएको होला, हामीले सबै विभागबाट आएका सबै मतदाता नामावली प्रमाणित गरेर अन्तिम टुङगो लगाएका छौँ ।’ सोमबार मनोनयन दर्ताका लागि आइतबार संगठन दर्ता गरेका विद्यार्थीलाई मनोनयन पत्र दर्ताकै प्रकृयाकै दिन तालाबन्दी गरेपछि निर्वाचन प्रकृया रोकिएको छ । सुपवि स्थापनाको १४ बर्षमा हुन लागेको स्ववियु निर्वाचन तालाबन्दीले अन्यौलतातर्फ धकेलेको छ । स्ववियुका लागि ३स्वतन्त्र सहित १० विद्यार्थी संघ संगठन चुनावी मैदानमा होमिएका थिए । अहिलेसम्म अखिल क्रान्तिकारीबाट हेमराज अवस्थी र अनेरास्ववियुबाट दिपकराज अवस्थीको सभापतिका उम्मेदवार टुङगो लगाएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?