ईण्डो नेपाल व्यापार महोत्सव ः उत्तराखण्डका कृषिमन्त्री जोशीद्वारा अवलोकन

कञ्चनपुर, १३ चैत्र ।
भारतको देहरादुनमा संचालन भएको ईण्डो नेपाल व्यापार पर्यटन महोत्सवको उत्तराखण्डका कृषिमन्त्री गणेश जोशीले अवलोकन गरेका छन ।
मंगलबार उत्तराखण्ड सरकारका कृषि एव कृषक कल्याणमन्त्री जोशीले महोत्सव अवलोकन गरेका हुन । मन्त्री जोशीलाई कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले स्वागत गरेका थिए । महोत्सव अवलोकन गर्दैै मन्त्री जोशीले नेपाल भारतविच ऐतिहासिक सम्बन्धदेखि महोत्सवमा दुवै देशका कृषि उपज बस्तु तथा सेवाको प्रर्बद्धन भएको बताए ।महोत्सवले दुवैदेशविच सम्बन्ध विस्तारदेखिका कार्यक्रम थप प्रगाढ बनाउने बताए । नेपालमा पनि थुप्रै धार्मिक स्थल रहेको र केही स्थलमा आफु पनि पुगेको बताउँदै मन्त्री जोशीले मेलाबाट दुवै देशका किसानलाई एकै फोरममा बस्तु बिक्रि वितरण गर्ने मौका मिलेको बताए ।
महोत्सवमा नेपाली कृषि उत्पादिन बस्तु तथा सेवाको स्टल राखिएका छन । कञ्चनपुरको मह, जुम्लाको मार्सी चामलदेखि देशका विभिन्न स्थानमा उत्पादिन कृषिउपज बस्तु राखिएका छन ।
यस अघि दुई पटक र अहिले गरेर तेस्रो पटक संचालन भएको मेलाले देहरादुनमा रहेका नेपालीलाई सहजै मौलिक बस्तुको उपलब्धतादेखि नेपाल–भारतविचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गरेको छ । महोत्सवमा नेपाली मौलिक खाने परिकार, उपभोग गर्ने समानदेखि विश्वभरी नेपालीको पहिचान गराउने ढाँकाटोपी, खुकुरी, महदेखि विजयसाल, चाउचाउ, चुरापोते, गलैचाका भाँडाकुडाको कारोबार भईरहेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्र्तराष्ट्रिय
व्यापार पर्यटन महोत्सवले दुईदेशविच थप आर्थिक, समाजिक, साँस्कृति सम्बन्ध विस्तार हुने बताए । अध्यक्ष जोशीले नेपालमा उत्पादित बस्तु तथा सेवाको प्रर्बद्धन, बजारीकरण एव भारतसंगको व्यापार घाटा पूर्तिका लागि महोत्सव आयोजना गरिएको बताए ।
यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला सम्पन्न गरिसकेको बताउँदै उनले यस पटक पनि मेला संचालन गरिएको बताए । सन ०१७र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालनगरिसकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बताए । ६ बर्षपछि हुनलागेको महोत्सवले थप नेपाली बस्तुको भारतीय बजारमा माग बढिरहेको बताए । सुदूरपश्चिमका युवा उद्योगी तेज बहादुर चन्दले देहरादुन ऐतिहासिक सामरिक महत्व राख्ने भएकाले पनि नेपाली बस्तु तथा सेवाको सहजै उपलब्धता भावि दिनमा भारतीयबजारमा समेत सेवा विस्तार पु¥याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्र्तराष्ट्रिय बजारसम्मै पु¥याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको बताए । ‘यो मेला रमाईलोका लागि होईन, ‘यसको दिर्घकालिन पनि महत्व छ, ‘उनले भने,‘हामीले हाम्रा बस्तु तथा सेवा भारतीय बजारमा खपत गर्न सकेपनि ठुलो आर्थिक लाभ लिन सक्छौँ ।’
देहरादुनमा रहेका नेपालीमुलीहरुले समेत आफ्नो पुख्यौली बस्तु तथा सेवाको सहजै उपभोग गर्न पाएपछि हर्षित भएका छन । पाँच दिनसम्म संचालन हुने तेस्रो ईण्डो नेपाल महोत्सवमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?