ईण्डो नेपाल व्यापार महोत्सव ः उत्तराखण्डका कृषिमन्त्री जोशीद्वारा अवलोकन

कञ्चनपुर, १३ चैत्र ।
भारतको देहरादुनमा संचालन भएको ईण्डो नेपाल व्यापार पर्यटन महोत्सवको उत्तराखण्डका कृषिमन्त्री गणेश जोशीले अवलोकन गरेका छन ।
मंगलबार उत्तराखण्ड सरकारका कृषि एव कृषक कल्याणमन्त्री जोशीले महोत्सव अवलोकन गरेका हुन । मन्त्री जोशीलाई कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले स्वागत गरेका थिए । महोत्सव अवलोकन गर्दैै मन्त्री जोशीले नेपाल भारतविच ऐतिहासिक सम्बन्धदेखि महोत्सवमा दुवै देशका कृषि उपज बस्तु तथा सेवाको प्रर्बद्धन भएको बताए ।महोत्सवले दुवैदेशविच सम्बन्ध विस्तारदेखिका कार्यक्रम थप प्रगाढ बनाउने बताए । नेपालमा पनि थुप्रै धार्मिक स्थल रहेको र केही स्थलमा आफु पनि पुगेको बताउँदै मन्त्री जोशीले मेलाबाट दुवै देशका किसानलाई एकै फोरममा बस्तु बिक्रि वितरण गर्ने मौका मिलेको बताए ।
महोत्सवमा नेपाली कृषि उत्पादिन बस्तु तथा सेवाको स्टल राखिएका छन । कञ्चनपुरको मह, जुम्लाको मार्सी चामलदेखि देशका विभिन्न स्थानमा उत्पादिन कृषिउपज बस्तु राखिएका छन ।
यस अघि दुई पटक र अहिले गरेर तेस्रो पटक संचालन भएको मेलाले देहरादुनमा रहेका नेपालीलाई सहजै मौलिक बस्तुको उपलब्धतादेखि नेपाल–भारतविचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गरेको छ । महोत्सवमा नेपाली मौलिक खाने परिकार, उपभोग गर्ने समानदेखि विश्वभरी नेपालीको पहिचान गराउने ढाँकाटोपी, खुकुरी, महदेखि विजयसाल, चाउचाउ, चुरापोते, गलैचाका भाँडाकुडाको कारोबार भईरहेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्र्तराष्ट्रिय
व्यापार पर्यटन महोत्सवले दुईदेशविच थप आर्थिक, समाजिक, साँस्कृति सम्बन्ध विस्तार हुने बताए । अध्यक्ष जोशीले नेपालमा उत्पादित बस्तु तथा सेवाको प्रर्बद्धन, बजारीकरण एव भारतसंगको व्यापार घाटा पूर्तिका लागि महोत्सव आयोजना गरिएको बताए ।
यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला सम्पन्न गरिसकेको बताउँदै उनले यस पटक पनि मेला संचालन गरिएको बताए । सन ०१७र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालनगरिसकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बताए । ६ बर्षपछि हुनलागेको महोत्सवले थप नेपाली बस्तुको भारतीय बजारमा माग बढिरहेको बताए । सुदूरपश्चिमका युवा उद्योगी तेज बहादुर चन्दले देहरादुन ऐतिहासिक सामरिक महत्व राख्ने भएकाले पनि नेपाली बस्तु तथा सेवाको सहजै उपलब्धता भावि दिनमा भारतीयबजारमा समेत सेवा विस्तार पु¥याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्र्तराष्ट्रिय बजारसम्मै पु¥याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको बताए । ‘यो मेला रमाईलोका लागि होईन, ‘यसको दिर्घकालिन पनि महत्व छ, ‘उनले भने,‘हामीले हाम्रा बस्तु तथा सेवा भारतीय बजारमा खपत गर्न सकेपनि ठुलो आर्थिक लाभ लिन सक्छौँ ।’
देहरादुनमा रहेका नेपालीमुलीहरुले समेत आफ्नो पुख्यौली बस्तु तथा सेवाको सहजै उपभोग गर्न पाएपछि हर्षित भएका छन । पाँच दिनसम्म संचालन हुने तेस्रो ईण्डो नेपाल महोत्सवमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?