दोधाराचाँदनीको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति गठन प्रक्रिया विवाद

तमाङ्ग सिंह गुरुङ्ग
दोधारा २० फागुन ।
कञ्चनपुर दोधाराचाँदनी नगरपालिकामा रहेको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति गठन प्रक्रिया विवादमा परेको छ ।
दोधाराचाँदनी–०९ मा रहेको उपभोक्ता समिति गठनबारे स्थानीय गाउँका उपभोक्ताहरू कसैलाई जानकारी नै नगरिकन उनीहरूको नाम समूहमा राखेको भन्दै उपभोक्ताहरुमा असन्तुष्टि बढेको हो ।

स्थानीय बासिन्दाहरूले समितिको गठन पारदर्शी नभएको, सूचना नदिई मनोमानी तरिकाले नाम समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले समितिको पुनर्गठनको माग गर्दै सरोकारवाला निकायसँग स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् ।

विशेष गरी नाता–गोता र नजिकका मानिसहरूलाई मात्र समितिमा समेट्ने प्रवृत्तिले विवाद उत्पन्न भएको स्थानीयहरूको भनाई रहेको छ । उक्त गठित समितिमा सवै क्षेत्रका बासिन्दाको समान सहभागिता हुनुपर्ने माग गर्दै कतिपय गाउँमा समिति गठनको निर्णय कागजी रूपमा मात्र गरिएको तर वास्तविक रूपमा स्थानीय गाउँ बस्तीमा कुनै जानकारी नदिई हस्ताक्षर गर्न लगाएको जनगुनासो आएको छ । स्थानीयका अनुसार, समितिको गठन प्रक्रियाबारे सार्वजनिक रूपमा कुनै छलफल नगरिएको र सरोकारवाला बासिन्दाहरूलाई सहभागी नगराईएकाले यो प्रक्रिया एकलौटी देखिएको स्थानिय बासिन्दा ईन्द्र बहादुर रावतले बताएका छन भने यसको साथै समितिको पुनर्गठन तथा पारदर्शी रूपमा जानकारी सार्वजनिक गर्न समेत माग गरेका छन ।

ताजा खबर

बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २ कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको...

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?