दोधाराचाँदनीको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति गठन प्रक्रिया विवाद

तमाङ्ग सिंह गुरुङ्ग
दोधारा २० फागुन ।
कञ्चनपुर दोधाराचाँदनी नगरपालिकामा रहेको सगरमाथा मध्यवर्ती उपभोक्ता समिति गठन प्रक्रिया विवादमा परेको छ ।
दोधाराचाँदनी–०९ मा रहेको उपभोक्ता समिति गठनबारे स्थानीय गाउँका उपभोक्ताहरू कसैलाई जानकारी नै नगरिकन उनीहरूको नाम समूहमा राखेको भन्दै उपभोक्ताहरुमा असन्तुष्टि बढेको हो ।

स्थानीय बासिन्दाहरूले समितिको गठन पारदर्शी नभएको, सूचना नदिई मनोमानी तरिकाले नाम समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले समितिको पुनर्गठनको माग गर्दै सरोकारवाला निकायसँग स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् ।

विशेष गरी नाता–गोता र नजिकका मानिसहरूलाई मात्र समितिमा समेट्ने प्रवृत्तिले विवाद उत्पन्न भएको स्थानीयहरूको भनाई रहेको छ । उक्त गठित समितिमा सवै क्षेत्रका बासिन्दाको समान सहभागिता हुनुपर्ने माग गर्दै कतिपय गाउँमा समिति गठनको निर्णय कागजी रूपमा मात्र गरिएको तर वास्तविक रूपमा स्थानीय गाउँ बस्तीमा कुनै जानकारी नदिई हस्ताक्षर गर्न लगाएको जनगुनासो आएको छ । स्थानीयका अनुसार, समितिको गठन प्रक्रियाबारे सार्वजनिक रूपमा कुनै छलफल नगरिएको र सरोकारवाला बासिन्दाहरूलाई सहभागी नगराईएकाले यो प्रक्रिया एकलौटी देखिएको स्थानिय बासिन्दा ईन्द्र बहादुर रावतले बताएका छन भने यसको साथै समितिको पुनर्गठन तथा पारदर्शी रूपमा जानकारी सार्वजनिक गर्न समेत माग गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?