भृकुटी माविको ५५ औँ बार्षिकोत्सव, शैक्षिक गुणस्तरमा जोड 

धर्म सिह धामी, महेन्द्रनगर फागुन १ 

कञ्चनपुर भीमदत्त नगरको एक सामुायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमै रहेको भृकुटी माध्यामिक विद्यालयले ५५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

जिल्ला सदरमुकाममा रहेको उक्त विद्यालयले बिहीबार एक कार्यक्रमका विच विवित कार्यक्रम गरेर बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको जनाएको छ ।

भृकुटी माविका प्रद्यानाध्यापक केशर सिह महराले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै विद्यालय प्रशासनले शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएको बताए । प्रअ महराले अभिभावक जिम्मेबार बनाउनुपर्नेमा जोडदिदै विद्यालयमा प्राविधिक शिक्षादेखिका कार्यक्रम संचालन भएको बताए । विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोष समेत गरिब विपन्न विद्यार्थीहरुलाई वितरण गरिएका छन । सिसिटिभी जडान गर्दै अतिरिक्त कक्षा समेत निःशुल्क संचालन, अतिरिक्त कृयाकलाप संचालन गरिएको बताए ।

विद्यालयमा घेरबार नभएकाले पठन पाठनमा समस्या रहेको औल्याएउँदै आर्थिक बर्ष ०७९÷०८०मा समाजिक विकास मन्त्रालयबाट उपलब्ध गराएको ३०लाख बजेटमा छात्राबास निर्माण अधुरै रहेको बताए । आगामी दिनमा अभिभावक भूमिका अभिबृद्धि गर्दै प्रविधिमैत्री शिक्षण गरेर शैक्षिक सुधारमा जोडदिए । कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष एव पुर्व सोही विद्यालयका अध्यक्ष शुशिल भट्टले विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने बताए । प्रमुख अतिथि भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले विद्यालय सुधारका लागि आफ्नो तर्फबाट पालिकाबाट सक्दो सहयोगको प्रतिबद्धता जाहेर गरेकी छिन ।

कार्यक्रममा शिक्षक सहित विभिन्न समाजिक क्षेत्रबाट विद्यालयलाई सहयोग गर्नेलाई सम्मान, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारदेखि विवित साँस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा भएको कार्यत्रक्रममा सरोकारवाला सहित अभिभावक, विद्यार्थी, शिक्षकको सहभागिता रहेको थि

यो ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?