दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एकल महिलाहरुलाई सोडा साबुन बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने एक महिलाहरुलाई आत्मनिर्भर बनाउन सोडा साबुन बनाउने तालिम अन्तर्गत ५ दिने झोल साबुन र डल्ले साबुन तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । सोडा साबुन बनाउने तालिमका लागि मात्रै नभएर एकल महिलाहरु आत्मनिर्भर हुनका लागि पनि आयोजना गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो । वडाध्यक्ष हरिसिंह धनाडीले तालिम लिएर सफल महिला उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको छ् । वडास्तरबाटै लक्षित वर्गका महिला तालिममा समावेश गरिएकोले सिकेका ज्ञान, सिपलाई कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । दोधारा चाँदनी नगरपालिका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले वडामा बसोबास गर्ने १५ जना एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन सोडा साबुन बनाउने तालिम अन्तर्गत ५ दिने झोल साबुन र डल्ले साबुन तालिम उत्साहजनक रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको सहयोगमा महिलाहरुले थोरै रकम र छाटो समयमा झोल साबुन र डल्ले साबुन उत्पादन गर्न सकिने भएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । तालिमले आत्मनिर्भर बनाउने अभियानलाई केही हद सम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । सिपले परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उहाँको भनाई छ् । तालिमको समापनमा सहभागी एकल महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ् । सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रतिबद्धता जाहेर समेत गरिएको वडा कार्यालयले जनाएको छ् ।

 

 

ताजा खबर

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?