दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एकल महिलाहरुलाई सोडा साबुन बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने एक महिलाहरुलाई आत्मनिर्भर बनाउन सोडा साबुन बनाउने तालिम अन्तर्गत ५ दिने झोल साबुन र डल्ले साबुन तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । सोडा साबुन बनाउने तालिमका लागि मात्रै नभएर एकल महिलाहरु आत्मनिर्भर हुनका लागि पनि आयोजना गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो । वडाध्यक्ष हरिसिंह धनाडीले तालिम लिएर सफल महिला उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको छ् । वडास्तरबाटै लक्षित वर्गका महिला तालिममा समावेश गरिएकोले सिकेका ज्ञान, सिपलाई कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । दोधारा चाँदनी नगरपालिका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले वडामा बसोबास गर्ने १५ जना एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन सोडा साबुन बनाउने तालिम अन्तर्गत ५ दिने झोल साबुन र डल्ले साबुन तालिम उत्साहजनक रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको सहयोगमा महिलाहरुले थोरै रकम र छाटो समयमा झोल साबुन र डल्ले साबुन उत्पादन गर्न सकिने भएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । तालिमले आत्मनिर्भर बनाउने अभियानलाई केही हद सम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । सिपले परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उहाँको भनाई छ् । तालिमको समापनमा सहभागी एकल महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ् । सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रतिबद्धता जाहेर समेत गरिएको वडा कार्यालयले जनाएको छ् ।

 

 

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?