प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्षमा अरुण भट्ट

केशव थापा
कञ्चनपुर, माघ ८
प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण प्रशाद भट्ट निर्वाचित भएका छन ।
मंगलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित भएका हुन ।

दोस्रो पटक पत्रकार भट्टको काँधमा प्रेस सेन्टर जिल्लाको नेतृत्व आएको छ । उपाध्यक्षद्वय धर्मराज कठायत, भाष्कर केसी, सचिव हेमा भट्ट सह सचिवद्वय बीर सिह ऐर, खडक कोली, कोषाध्यक्ष डम्बर भट्ट लगायतका १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । प्रेस सेन्टर जिल्ला सल्लाहकारमा युवा पत्रकार डिल्लीराज पन्तको अध्यक्षतामा धुव्र राज अवस्थी, राजेन्द्र विष्ट, विकास सिह महता, डीएस धामी रहेका छन ।
कञ्चनपुरका युवा सकृय पत्रकार पुष्कर भट्ट प्रेस सेन्टरमा समाहित भएका छन । यस अघि स्वतन्त्र पत्रकार रहेका पत्रकार भट्ट अहिले प्रेस सेन्टरमा समाहित भएका हुन । माउण्टेन टेलिभिजनका समाचारदाता समेत रहेका भट्ट अहिले सेन्टरमा आएका छन । पत्रकार भट्टले पत्रकारको हकहितका लागि सेन्टरले भूमिका निर्वाह गरेको भन्दै सेन्टरमा आएको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेशका इन्चार्ज रामसिह ठगुन्नाले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका छन । कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरका निर्वतमान अध्यक्ष देवेन्द्र ढुङगाना, प्रेस सेन्टर नेपालका केन्द्रंीय सचिव राजेन्द्र प्रशाद अवस्थी, केन्द्रीय सदस्य मदनराज जोशी, प्रदेश सचिव मोहन विष्टले शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल कञ्चनपुरका निर्वतमान सचिव भाष्कर केसीले संचालन गरेको कार्यक्रममा सेन्टरका उपाध्यक्ष धर्मराज कठायतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल कञ्चनपुर, सुप प्रदेश एव केन्द्रीय समितिका पदाधिकारी सदस्य एव पत्रकारको सहभागिता रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?