गृहमन्त्री लेखकसंग कञ्चनपुरका युवा विद्यार्थीले भने, तपाई गृहमन्त्री भएदेखि अवैध सरचना हटाउने काम रोकियो ?

कञ्चनपुर – सरकारी अतिक्रमित जमिन खाली गराउने अभियान संचालन गर्दैै आएका कञ्चनपुरका युवा विद्यार्थीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन ।

गृहनगर आएका गृहमन्त्री लेखकलाई आइतबार युवा विद्यार्थी महेन्द्रनगर होटल ओपेरामा भेटेका हुन ।
गृहमन्त्री लेखकलाई युवा विद्यार्थीले अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले कञ्चनपुर सहित देशभर अतिक्रमित सरकारी जमिन खाली गराउने अभियान शुरुवात गरेको थियो, तर अहिले तपाईकै पालामा तपाईकै गृहनगरमा सरकारी अतिक्रमित जमिन खाली गराउने काम किन रोकिएको छ भन्दै प्रशन गरेका छन ।

जिल्लाका युवा विद्यार्थी नेताहरु सिके भट्ट, दिपेन्द्र सिह ऐरी, डिबी धामी, डम्बर कुँवर, तिलक ठगुन्ना, प्रज्वल कुँवर सुरेश भट्ट, रमेश पन्त सहितका युवा विद्यार्थीले महेन्द्रनगर नगरविकास समितिको अतिक्रमण किन रोकिएको भन्दै प्रशन तेस्र्याएका छन ।

युवा विद्यार्थीको जिज्ञासामा गृहमन्त्री लेखकले त्यसो नभएको तर, सम्बन्धीत निकायमा बुझ्ने अभियव्यक्ति दिएका छन । युवा विद्यार्थीले अवैध सरचना हटाउनका लागि गृहमन्त्री लेखकले तदारुकता देखाउनुपर्नेमा समेत गम्भिर ध्यानाकर्षण गराएका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?