उदयदेव बहुउदेद्देशीय सहकारीको २६ औँ बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा समपन्न भएको छ । ‘उज्जल भविष्यको लागि आजैदेखि बचत गरौँ’ भन्ने मुल नाराकमा साथ शुक्रबार महेन्दनगरमा २६औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । यस अघि सेवा केन्द्र धनगढी, अत्तरिया, डडेल्धुरा, बैतडी, दोधाराचाँदनी, बेलौरी, झलारी, कृष्णपुर, दैजी, महेन्द्रनगर शाखाको सकेर शुक्रबार महेन्द्रनगरमा शुक्रबार केन्द्रीय कार्यालयको गरेको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारा जोशीले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी दुई बर्षमा २५ करोड शेयर पुँजी पु¥याउने लक्ष्य रहेको छ ।

२५ हजार ४० शेयर सदस्यले सेवा लिईरहेका छन । १८ करोड, ८५ लाख, ७४ हजार, ५सय शेयर पुँजी रहेको, १ अर्ब, ७८ करोड, ७लाख, ४ हजार, २३७रुपैया निक्षेप रहेको छ । हालसम्म १अर्ब, ५१ करोड, ९६लाख, ८९हजार ४९४रुपैया लगानी रहेको छ । सहकारीले विभिन्न शिर्षकमा २करोड, १२लाख, ७८ हजार, १९५रुपैया तिरेको छ । शेयर सदस्यहरुलाई १५।५८प्रतिशत लाभान्स बोनस वितरण गरेको छ । कृषि प्रर्बद्धन केन्द्र मार्फत किसानलाई आर्थिक गतिबिधीमा जोडिएको छ । विभिन्न समाजिक कार्य समेत गरेको जनाएको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले आगामी दिनमा कृषि उत्पादन बस्तु सेवामा लगानी गर्दै सहकारीका सदस्यदेखि जनतालाई आर्थिक गतिबिधीमा जोडिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले उदयदेव सहकारीले आर्थिक क्षेत्रमा थुप्रै कामकाज प्रगति गरेको भन्दै अन्य सहकारीपनि यस्तै हुनुपर्नेमा जोडदिए । केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर भई सुप प्रदेशका अन्य जिल्ला एव कञ्चनपुरकै विभिन्न पालिकाहरुमा सहकारीले सेवा प्रदान गर्र्दैै आएको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारिका पदाधिकारी, सदस्य सरोकारवाला सहितको सहभागिता रहेको थियो

 

ताजा खबर

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम आयोजना

कञ्चनपुर १३ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्रका उत्थानशिल युवा...

भारत यात्रा पूरा गरेर फर्किएकी साईकल यात्री यमुना ढकालद्वारा दोधारा चाँदनीमा वृक्षारोपण

कञ्चनपुर १३ जेठ नेपालको झापा जिल्ला निवासी साहसी युवती यमुना...

१०७ दिन साइकल यात्रा गर्दै महेन्द्रनगर पुगिन् यमुना ढकाल

कञ्चनपुर १२ जेठ नेपालको झापा जिल्लाकी साहसी युवती यमुना ढकालले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?