कञ्चनपुरको बेलौरी नगरपालिका स्तरमै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता गोकलपुरमा हुदै

किशोर तामाङ
कञ्चनपुर,२१ असोज २०८१
कञ्चनपुरको बेलौरीमा वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
बेलौरी नगरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा बेलैरीकै सर्वाधिक धनराशि रहेको वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता यही कार्तिक ५ गते देखी उद्घाटन समारोह बिच शुरू हुने आयोजकले जनाएको छ।

खेलकुदको स्तर उन्नति र खेलाडी उत्पादनका लागि क्लबले विगतमा धेरै फुटबल प्रतियोगिता संचालन गरि सकेको र यसपटक
बेलौरी नगरपालिका वडा नम्बर २ स्थित गोकलपुरमा रहेको खुला मञ्च सञ्चालन हुने वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगितामा विजेतालाई नगद २ लाख २२हजार २सय २२ रूपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र र उपविजेतालाई १लाख‌ ६१ हजार १ सय ११ रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिने बेलौरी नगरपालिका वडा नम्बर १ खेलकुद विकास समिति सचिव पन्तले जानकारी दिए ।

यस्तै, विधागत पुरस्कारमा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार,सर्वाधिक गोलकर्तालाई नगद रु ३ हजार ५ सय,बेस्ट डिफेन्डर रु ३ हजार ५ सय,उत्कृष्ट गोलरक्षकलाई नगद ३ हजार ५ सय,रेसिङ खेलाडीलाई नगद रू ३ हजार ५ सय,म्यान अफ द म्याच रु १ हजार १ सय पुरस्कार राखिएको आयोजक समिति सचिव पन्तले बताए।

गोकलपुर बजार को खुल्ला मन्चमा आयोजना हुने यस सयुक्त वडा अध्यक्ष खुल्ला फुटबल प्रतियोगितामा यस प्रतियोगिता संचालनका लागि बेलौरी नगरपालिका वडा नं १ र २ को सिलिङ बजेटबाट ३ लाख रुपैयाँ छुट्याइएको छ भने अन्य रकम सहयोगी दाताबाट उठाइने सचिव पन्तले जानकारी दिए । उनका अनुसार यस फुटबल प्रतियोगितामा कुल अनुमानित लागत खर्च ८ लाख २० हजार गरिएको बताइएको छ।

खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि इन्ट्री शुल्क ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलमा सहभागि हुनका लागि कार्तिक ३ गतेसम्म टीम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। यसैबीच निर्धारित समय अवधि भित्र दर्ता भएका टिमको टाइसिट प्रकाशन पत्रकार सम्मेलन मार्फत कार्तिक ४ गते सार्बजनिक गरिने आयोजकले जनाएकाे छ। प्रतियोगिताका सम्पुर्ण खेलहरू खेल कुञ्ज युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरी स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण खेलप्रेमी दर्शक माझ देखाउने ब्यवस्था मिलाएको सचिव पन्तले बताए।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?