जैविक मल उत्पादन गर्न गोशाला निर्माण तथा गड्यौला पालनको तयारी

कञ्चनपुर-भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको त्रिवेणि टोल सामुदायीक विपद व्यवस्थापन समितीले गाईपालन संगै गड्यौला मल उत्पादनका लागी काम अघि बढाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १९ स्थीत त्रिवेणि टोल सामुदायीक विपद व्यवस्थापन समितीले गाईपालन संगै गड्यौला मल उत्पादन गरि रसायनिक मल रहित वडा बनाउने लक्ष्य सहित काम थालेको हो । विहीवार भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले उक्त गौशाला तथा गड्यौला मल उत्पादनका लागी भवन शिलान्यास गर्नु भएको छ । उक्त कार्यको शिलान्यास गर्दै उपप्रमुख लेखकले विसेस गरेर गाईको व्यवस्थापनका लागी विभिन्न संघ संस्थाहरु संग मिलेर गौशालाको शिलान्यास गरिएको वताउनु भयो । साथै उहाले आगामी दिनमा यस क्षेत्रको धार्मीक पर्यटनलाई अघि बढाउने र यस क्षेत्रमा शुक्लाफाटा राष्ट्रीय निकुञ्ज बाट आउने जंगली जनावरहरुलाई रोकथाम गर्न मेसवायरको लागी समेत पहल भईरहेको उहाले वताउनु भयो ।

यसै गरि निड्स नेपाल, भीमदत्त नगरपालिका तथा श्री सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीको सहयोग तथा जनश्रमदान बाट गौशाला निर्माण संगै गड्यौला मल उत्पादनका लागी काम भईरहेको त्रिवेणि टोल सामुदायीक विपद व्यवस्थापन समितीका सदस्य महेश वहादुर सिह (मिलन) ले वताउनु भयो । साथै उहाले यस बाट रोजगारी श्रृजनाहुनका साथै भविष्यमा यस वडा संगै सिंगो भीमदत्त नगरपालिकालाई नै रसायनीक मल मुक्त नगरपालिका वनाउने लक्ष्यका साथ काम भईरहेको समेत उहाले वताउनु भयो ।

यसै गरि निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित स्कोपाथरी परियोजना मार्फत समुह गठन गरि आर्थीक सहयोग प्रदान गरिएको र यसै बाट गौशाला निर्माण संगै गड्यौला मल उत्पादनका लागी काम भईरहेको स्कोपाथरी परियोजनाका निर्देशक ईश्वर उपाध्यायले वताउनु भयो ।

हाललाई स्कोपाथरी परियोजनाको ७ लाख८० हजार , भीमदत्त नगरपालिकाको निर्माण सामग्री संगै श्री सिद्ध वैजनाथ त्रिवेणि धाम मन्दिर विकास समितीको सहयोग तथा जनश्रमदान सहित कूल ३५ लाख बरावरको रकम बाट २०० गाई पालनका लागी गौशाला संगै गड्यौला मल उत्पादनकालागी काम गरिने समेत आयोजकले जनाएको छन ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?