नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहने वताउनु भएको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहने र सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुने वताउनु भएको हो । बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले वर्तमान गठबन्धन अगामी २०८४ सम्मै रहने र सबैदलहरु संगको कांग्रेस र एमालेले मात्र नभई जसरी सबै दल मिलेर संविधान निर्माण गरियो त्यसरी नै सबैदलको सहमतिमा संविधानमा आवश्यक संसोधन गरिने समेत वताउनु भयो ।

यसै गरि पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफल दिदै गृहमन्त्री लेखकले कञ्चनपुरकी स्वर्गीय निर्मला पन्तको हत्यारा पत्ता लगाउन सुक्ष्म ढंगले अनुसन्धान भईरहेको ले यस बारे आफुले धेरै बोल्न नमिल्ने वताउनुदै सहकारी ढगी प्रकरणमा समेत संसदीय छानविन समितीले अध्ययन अनुसन्धान गरिरहेको हुदा यसबारे समेत आफुले धेरै बोल्न नमिल्ने वताउनु भयो ।

बुधवार महेन्द्रनगरमा नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मीत भवन र ईलाका प्रहरी कार्यालय दोधारा चादनीको नवनिर्मित भवनको उदघाटन गर्दै दोधारा चादनीको बाढी ग्रस्त क्षेत्रको समेत अवलोकन गरेका गृहमनत्री लेखकले निर्मलाको न्यायिक आन्दोलनमा घाईते भएका सबै घाईतेको पक्षमा राजधानी फर्किने वित्तीकै केही न केही निर्णय गर्ने वताउनु भएको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?